पि सि एन वैशाख,23
क्षितिज पौडेल,बर्दिया
नेपाल बिद्युत प्राधिकरणको बाँसगढी शाखा कार्यालयमा २ साता देखि बिद्युत महसुल बुझाउने काम ठप्प भएको छ । बैशाख १२ गते गएको महाभुकम्पले कार्यालयको कम्प्युटरको सिस्टममा खराबी भई मर्मतको लागि काठमाडौ पठाईएको भन्दै दुई साता देखि कार्यालयको अगाडी सुचना टाँस गरी सटरमा ताला लगाईएको छ । कार्यालयका अनुसार मर्मतको लागि पठाईएको कम्प्युटर नआए सम्म बिद्युत महसुल बुझाउने कार्य रोखिने छ । कार्यालयमा बिद्युत महसुल बुझाउन दैनिक रुपमा सेवागा्रहीहरु आउने गरेपनि कार्यालयको सटर बन्द देखेर कति फर्कन्छन त कति कुरेर बसेका हुन्छन् । बिद्युत महसुल बुझाउन पर्खेर बसेका सेवाग्राहीहरुलाई बिलको पछाडी कार्यालयको नम्बर लेखेर फोन गरेर मात्र आउने भन्र्दै घर फर्काईको सेवा ग्रहीहरुको भनाई छ । कार्यालयको कामकाज २ साता देखि ठप्प रहेकाले सेवाग्राहीहरुलाई सास्ती बेहोर्नु परेको छ । बर्दियामा रहेका अन्य बिद्युत प्राधिकरणका शाखाहरुमा कार्य सञ्चालन भईरहे पनि बाँसगढी शाखामा मात्रै कार्यालयको बिद्युत ठप्प रहेको छ ।
Comments
Post a Comment