पि सि एन 6,जेष्ठ ।
जिल्ला बिकास समितिको आयोजनामा गाबिस सचिब तथा कार्यालय सहायकहरुको लागि लेखापालन तथा गाबिसको कम्प्यूटराईड लेखा प्रणाली सम्बन्धी ७ दिने तालीम आज देखि गुलरीयामा शुरु भएको छ । बर्दियाको २० ओटा गाबिस मध्य १० ओटा गाबिसका २० जनालाई तालीम दिन लागिएको हो । आजको उद्घाटन कार्यक्रम स्थानीय बिकास अधिकारी डिल्लीराम सिक्देलको सभापतित्वमा भएको थियो । तालीम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि, प्रमुख कोष नियन्त्रक शिवराज भट्टराई रहनु भएको थियो । त्यस्तै अन्य अतिथिहरुममा जिल्ला बिकास समितिका योजना अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, लेखा अधिकृत रमेश घर्ती रहनुभएको थियो । यु.एस.ए.आई.डीको सहयोगमा साझेदारी बिकास कार्यक्रम अन्र्तरगत भइरहेको तालीम यस अघि १० ओटा गाबिसको सचिब तथा कार्यलय सहायकहरुको तालीम सम्पन्न भईसको छ ।
Comments
Post a Comment