भोलि शनिवार र पर्सी आईतबार पशुपतिनगरमा घुम्ती शिविर संचालन हुने

पी सी एन ,८जेठ । जनतालाई आफनै घर दैलोमा सेवा पुरयाउने नेपाल सरकारको नीति अनुसार जिल्ला प्रशासन कार्यालय बर्दियाले शनिवार र आईतबार अर्थात जेठ ९र १०गते बर्दियाको पशुपतिनगर उमाविमा एकीकृत घुम्ती शिविर सेवा संचालन हुदैछ । 
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको नेतृत्वमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने जिल्लास्थित सरकारी तथा गैर सरकारी निकायबाट शिविरमा सेवा उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
शिविरमा नंया नागरिकता,जनजाति प्रमाणित,स्वास्थ्य जांच,फोटोसहितको मतदाता नामावली संकलन,अंपांग परिचय पत्र बितरण ,कृषि,पशु लगायतका सेवाहरु उपललब्ध हुने सहायक प्रजिअ श्रीनाथ पौडेलले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले संचार माध्यमहरुलाई पत्र लेखि सेवा प्रवाह बारे समाचार सम्प्रेषण एंव प्रचार प्रसारका लागि अनुरोध गरेको छ ।

Comments