पी सी एन, ९जेठ । उद्योग बाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष एंव गुलरिया नगरपालिका वडा नं ८ निवासी अमर खड्काको नेतृत्वमा शनिवार अस्पताल रोड टोलमा सरसफाई कार्य सम्पन्न भएको छ ।
आफनो टोल आफै बनाऔं भन्ने नाराका उधोग बाणिज्य संघको नेतृत्व र टोलवासीको सहभागितामा प्रत्यके महिनाको पहिलो र अन्तिम शनिवार टोल सरसफाई गर्दछौ यसबाट अरु टोल विकास संस्थाहरुलाई पनि सिकाई हुनेछ ः अध्यक्ष खडकाले भन्नुभयो ।
सरसफाई र स्वास्थ्यको दृष्टिले आफु बसेको टोललाई नमुना टोल बनाउने र यसले गर्दा अरु टोलबाट अस्पताल रोड टोल विकास संस्था हेर्न आउनेहरुको संख्या बढने उहांको विश्वास छ ।
लगभग ६०घरधुरी रहेको यो टोलमा सबैको घरमा चर्पी रहेको र सबैले आफनो घरवरिपरि सरसफाई र स्वच्छता कायम राखेका छन्।
अध्यक्ष खडकाले जेठ ११गते गुलरिया नगरपालिकालाई खुला दिशामुतm क्षेत्र घोषणा गर्न लागेकोमा नगरवासीहरुलाई धन्यवाद दिदै खुला दिशामुतm अभियान र नगरलाई स्वच्छ राख्ने अभियानमा आफु र आफनो संघले पुरा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उंहाले खुला दिशामुतm गर्न संघ संस्था,सरकारी कार्यालय,खानेपानी कार्यालय र जिविस ,गाविस र नगरपालिकाले स्थानीय स्रोतको उपयुतm सदुपयोग गरेको आफुले पाएको बताउनु भयो ।
अध्यक्ष खडकाले स्वास्थ्य, सरसफाई,स्वच्छता र शुद्ध खानेपानीको हिसाबले बर्दिया जिल्लालाई उत्कृष्ट र नमुना जिल्ला बनाउन राजनैतिक दल ,सरकारी कार्यालय,संघ संस्था र स्थानीय निकायहरुले सामुहिक कार्ययोजना बनाई अघि बढनुपर्ने धारणा राख्नुभयो ।
Comments
Post a Comment