जिल्ला स्तरीय परामर्श एवः सामन्वय बैठक सम्पन्न

क्षितिज पौडेल  पि.सि.एन 6,जेष्ठ । 

कानुन अन्वेशन तथा श्रोत बिकास केन्द्र (सेर्लड)को आयोजनामा आज जिल्ला स्तरीय परामर्श एवः सामन्वय बैठक सम्पन्न भएको छ । सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तरगत बर्दियाका सरोकारवाला निकाय संग आज सामन्वय तथा परामर्श बैठक बसेको हो । बैठकमा सेलर्ड बर्दियाले सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तरगत बर्दिया जिल्लामा गरीएको क्रियाकलाप तथा आफ्नो प्रगतिको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा जानकारी गराउदै अहिले बर्दिया जिल्लाको मगरागाडी र धधवार गबिस बाहेक सबै गाबिसमा मेलमिलाप कार्यक्रम लागु गरीसको कुरा जानकारी गराईएको थियो । अहिले सम्म मेलमिलाप केन्द्रमा १३ सय २० ओटा मुदाहरु दर्ता भई करिब ७० प्रतिशत बिबाद समाधान भईसको कुरा मेलमिलाप कार्यक्रम बर्दियाका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भएको थियो ।

गाँउ बिकास समितिमा स्थापना गरीएको समुदायिक मेलमिलाप केन्द्रलाई गाबिसकै अंगको रुपमा सञ्चालन गर्नको प्रक्रिया पनि शुरु गरीरहेको कुरा जाानकारी गराउनु भयो । कार्यक्रममा सहभागिहरुले मेलमिलाप कार्यक्रम सफल भएको भन्दै अझै प्रभाबकारी बनाउनको लागि सल्लाह सुझब तथा जिज्ञासा पनि राखेका थिए । कार्यक्रम सेर्लड बर्दियाको संयोजक ऋषिराम काफ्लेको सभापतित्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि, जिल्ला अदालतका न्यायधिश ऋषिप्रसाद अधिकारी रहनु भहनु भएको थियो । अन्य अथितिमा जिल्ला न्यायधिश वसन्तराज गौतम, सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललगाएत जिल्ला बार एसोशिएसनका अध्यक्ष, नागरिक समाज संजालका अध्यक्ष बालकृष्ण वली, गैससका बर्दियाका अध्यक्ष बिष्णु तिमिल्सेना, बिभिन्न संघ संसथाका प्रतिनिधि, गाबिससचिब मेलमिलाप केन्द्र, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।


Comments