जिल्ला प्रशासनले बर्दियाको पशुपतिनगरमा संचालन गरेको घुम्ती शिविरबाट सयौं लाभान्वित, भोलि आईतबार पनि शिविर चल्ने
पी सी एन,९ जेठ । जनतालाई आफनै घर दैलोमा सेवा पुरयाउने नेपाल सरकारको नीति अनुसार जिल्ला प्रशासन कार्यालय बर्दियाले आज शनिवारदेखि भोलि आईतवार सम्म दुई दिनका लागि बर्दियाको पशुपतिनगर उच्च माध्यमिक विद्यालय परिसरमा एकीकृत घुम्ती शिविर सेवा शुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुंवरले पाताभार ३की कोकिला खत्रीलाई नागरिकता प्रमाण पत्र प्रदान गरेर सेवाको शुभारम्भ गर्नुभएको हो।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको नेतृत्वमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने जिल्लास्थित सरकारी तथा गैर सरकारी निकायबाट शिविरमा सेवा उपलब्ध भएपछि स्थानीयहरु निकै हर्षित भई सेवा लिईरहेका छन् ।
शिविरमा नंया नागरिकता,जनजाति प्रमाणित,स्वास्थ्य जांच,फोटोसहितको मतदाता नामावली संकलन,अंपांग परिचय पत्र बितरण ,कृषि,पशु लगायतका सेवाहरु उपलब्ध गराईएको सहायक प्रजिअ श्रीनाथ पौडेलले बताउनु भयो ।
राज्यबाट प्रदान गरिने सेवाहरु नागरिकलाई जनताको घरदैलोमा नै उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियाले दोस्रो चरणमा सदरमुकामबाट टाढाको दुरीमा रहेको पशुपतिनगरमा घुम्ती सेवा शिबिर जारि राखेका छ । पहिलो दिन शिविरबाट सयौ सर्वसाधरणहरु लाभान्वित भएका छन् ।
शनिवार पहिलो दिन शिविरमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको नागरिकता वितरण सेवाबाट महिला ७० र पुरुष ४६ गरि ११६ जना लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाले संचालन गरेको बिरामी जांच,स्वास्थोपचार, पोाषण,परामर्श र औषधी बितरणबाट ६सय ५८जना, जिल्ला कृषि विकास कार्यालयको माटो परीक्षण सेवाबाट १सय ३७ जना,प्लान्ट बितरणबाट३९जना र धानको बीउ बितरण सेवाबाट २०० जना लाभान्वित भएका छन् ।
रेडक्रसले संचालन गरेको आंखा उपचार सेवाबाट १सय ७१ जना,कान उपचार सेवाबाट ५५जना ,जिल्ला आर्युवेद कार्यालयले गरेको स्वास्थ्य जांच एंव उपचार सेवाबाट ३८पुरुष र ८४महिला गरि १सय ३९ जना लाभान्वित भएका सहायक प्रजिअ पौडेलले बताउनु भयो ।
शिविरमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी र सामुदायिक प्रहरीका अधिकृत एंव जवानहरुले शिविरको सुरक्षाका साथै र सर्वसाधरणलाई सहज र छिटोछरितो पंहुच बढाउने काम गरिरहेका छन्।
भोली आईतबार सम्म चल्ने शिविरमा घुम्ती सेवा सकिए लगतै सेवाको प्रभावकारिता बुझन सार्वजनिक सुनुवाई कार्यक्रम पनि संचालन गरिने छ ।
पहिलो चरणमा चरणमा बर्दिया निर्वाचन क्षेत्र नं१को चेपांगमा
जेठ २गते घुम्ती शिविर संचालन गरिएको थियो ।
Comments
Post a Comment