गणतन्त्र दिवसको अवसरमा प्रेस क्लब अफ नेपालका अध्यक्षको शुभकामना



पी सी एन,१५जेठ प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले समयमै संविधान जारि गर्न भुकम्पछिको नेपाललाई पुर्ननिर्माण गर्न राष्ट्रिय सरकार आवश्यक रहेको भन्दै दलहरु बीचको एकता अझ मजबुत गराउनका लागि बर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिन सकिने बताउनु भएको
दलहरु बीच राष्ट्रिय एकता,मेलमिलाप,सहमति  सहकार्यको संस्कृतिलाई बढावा दिई नेपाली कांग्रेसको नेतृत्वको बर्तमान सरकारमा सबै दलहरु विना शर्त सामेल भई यहि सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिई नेपालको गणतन्त्रलाई संस्थागत गराउन दलहरु चुक्न नहुने उंहाको धारणा रहको छ।
आठौ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै अध्यक्ष घिमिरेले भूकम्पबाट क्षतिग्रस्त पूर्वाधारहरुको पुर्ननिर्माणमा देखाएको एकता राजनैतिक दलहरुले संविधान निर्माणमा पनि देखाई समयमै लोकतान्त्रिक संविधान निर्माण गर्न दलहरुलाई आग्रह समेत गर्नुभएको
प्रेस क्लब अफ नेपालका अध्यक्ष घिमिरेले नेपाली जनताले गरेका थुप्रै संघर्ष आन्दोलनमार्फत् अभिव्यक्त चाहना बमोजिम स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आठौ गणतन्त्र दिवसका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति समृद्धिका लागि हार्दिक बधाइ तथा शुभकामना व्यक्त  गर्नुभएको
स्थानीय निकायमा जनप्रतिनिधिहरु नहुदा जनताका नियमित काम विकास निर्माण कार्य प्रभावकारी नभएको भन्दै प्रेस क्लब अफ नेपालका अध्यक्ष घिमिरेले तत्काल मुलुकमा स्थानीय निकायहरुको निर्वाचन जरुरी रहेको भन्दै त्यसका लागि  सरकार निर्वाचन आयोग आवश्यक तयारीमा जुटनु पर्ने बताउनु भयो
मुलुकमा लोकतान्त्रिक गणतन्त्र, विधिको शासन समावेशी राजनीतिक पद्दति स्थापनाका निम्ति विभिन्न कालखण्डमा भएका ऐतिहासिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण अमर सहिदहरुप्रति अध्यक्ष घिमिरेले हार्दिक श्रद्धा सम्मान अर्पण समेत गर्नुभएको
गणतन्त्र दिवस अवसरमा उंहाले जनआन्दोलन अन्य राजनीतिक संघर्षका क्रममा घाइते अङ्गभङ्ग हुनु भएका समस्त योद्धाहरूप्रति उहाँहरूको भूमिकाको उच्च कदर गर्दै स्वास्थ्य लाभको कामना ससमस्त सहिद परिवारजनप्रति सम्मान समेत व्यक्त गर्नुभएको

नेपाली जनताले व्यक्त गरको उपर्युक्त चाहना अनुरूप २०६५ साल जेठ १५ गते तत्कालीन जननिर्वाचित संविधानसभाको पहिलो बैठकले लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई स्मरण गरी प्रत्येक वर्ष जेठ १५ गते नेपालले गणतन्त्र दिवस मनाउँदै आइरहेका

Comments