पी सी एन,११जेठ । गुलरिया नगरपालिकालाई सोमवार खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितिको निर्णयानुसार सोमवार आयोजित विशेष कार्यक्रममा नगरपालिकालाई
खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो ।
सोमवार आयोजित विशेष कार्यक्रममा गुलरिया नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्नु हुने सबै नगरवासी,संघसंथा ,सरोकारवाला निकायलाई कार्यकारी अधिकृत धर्मराज न्यौपाने र सभासद संजय गौतम लगायतले धन्यवाद दिनुभएको छ ।
खुला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा बाजा गांजा ,झांकी र गीत ,संगीत र नृत्य सहित हर्षोउल्लासका साथ नगरवासीहरु कार्यक्रममा सहभागी रहेका थिए ।
खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई लिएर नगरका बिभिन्न स्थानमा गेटहरु बनाईएकाले गुलरिया नगरपालिका क्षेत्रको सौन्दर्य बढाएको छ ।
Comments
Post a Comment