बर्दियामा सार्वजनिक स्थानमा ध्रुमपान गर्नेहरुको संख्यामा कमि आएको संयोजक तिमल्सिनाको भनाई


पी सी एन १७,जेठ स्वास्थ्य अधिकार तथा सुर्तीजन्य नियन्त्रण संजाल बर्दियाका संयोजक विष्णुप्रसाद तिमल्सिनाले प्रहरी प्रशासनले २२ बुदे कार्ययोजना लागु गरे यता बर्दियामा सार्वजनिक स्थानमा ध्रुमपान गर्नेहरुको संख्यामा कमि आएको बताउनु भएको
विश्व धुम्रपान दिवसको उपलक्ष्यमा बर्दिया जिल्ला अस्पताल परिसरमा आयोजित कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघका अध्यक्ष समेत रहनु भएका संयोजक तिमल्सिनाले २२बुदे कार्य योजना लागु भए यता सार्वजनिक स्थानमा धुम्रपान गर्ने १हजार भन्दा बढि ब्यतिmहरु कानुनी कारवाही एंव दण्ड जरिवानामा परेको पनि प्रष्ट पार्नुभयो
सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरुको संख्यामा कमि आएपनि अहिले पनि शिक्षण संस्था,स्वास्थ्य संस्था ,बृद्धाश्रम, बालसुधार गृहको १सय मिटर आसपासको क्षेत्रमा पनि सुर्ती तथा सुर्तीजन्य पर्दाथहरुको खुलेआम बिक्री भईरहेको धारणा राख्दै सार्वजनिक स्थानबाट १सय मिटर आसपासको दुरीमा सुर्ती तथा सुर्तीजन्य पर्दाथको बिक्री बितरण गर्नै,सुर्ती तथा सुर्ती जन्य पर्दाथ सजाएर राख्ने १८ बर्षभन्दा कम उमेरका लाई पनि सुर्ती तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्ने पकेटको सट्टा एक एक खिल्ली बिडी,चुरोट बिक्री गर्ने जस्ता कानुन बिपरीतका कार्य भने नरोकिएकोमा दुख ब्यतm गर्नुभयो
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक सुनिल पाण्डेको अध्यक्षतामा समपन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवर,गीता घिमिरे,अरबिन्द थारु लगायतले आफनो धारणा राख्नु भएको थियो
विश्व धुम्रपान दिवसको उपलक्ष्यमा बर्दियाको सदरमुकाम गुलरियामा जनचेतनामुलक प्रभातफेरि आयोजना गरिएको थियो राधाकृष्ण चोकबाट शुरु भएको प्रभातफेरी भन्सार रोड हुदै जिल्ला अस्पताल परिसरमा पुगि औपचारिक कार्यक्रममा परिणत भएको थियो

यस बर्षको विश्व धुम्रपान दिवसको नारा सुर्तीको अवैधानिक व्यपार रोकौं रहेको

Comments