स्थानीय निकायको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला राख्न केन्द्रिय सदस्य सोडारीको पार्टी नेतृत्वलाई आग्रह
पी सी एन।३०वैशाख । नेपाल महिला संघकी केन्द्रिय सदस्य मालती सोडारीले लोकतन्त्रको स्थायीत्व र संस्थागत विकासका लागि मुलुकमा स्थानीय निकायको निर्वाचन तत्काल हुनुपर्ने बताउदै स्थानीय निकायको पदाधिकारी पदमा महिला उम्मेदवारी अनिवार्य रहने प्रावधान राख्नुपर्ने बताउनु भएको छ ।स्थानीय निकायको अध्यक्ष वा उपाध्यक्ष,नगरप्रमुख वा उपप्रमुख र जि वि स को सभापति वा उपसभापति पद मध्ये कुनै एक पदमा महिलाहरुलाई अनिवार्य उम्मेदवार बनाउने स्पष्ट नीति बनाउनु पर्छ त्यसको निम्ती म आफनो मातृ दल नेपाली कांग्रेसलाई आग्रह गर्दछु ः अध्यक्ष सोडारीले भन्नुभयो ।
नेपाल महिला संघ क्षेत्र नं ४ बर्दियाले राजापुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रिय सदस्य सोडारीले संविधान सभामा ३३प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने नीतिगत व्यवस्थाले विधान सभामा महिलाहरुको उल्लेख्य प्रतिनिधित्व भएको जिकीर गर्दे स्थानीय निकायको पदाधिकारी मध्ये कुनै एक पदमा अनिवार्य रुपमा महिला उम्मेदवारी दिनुपर्ने स्पष्ट व्यवस्थाको मांग गर्नुभएको हो ।
उंहाले राजनीतिमा महिला सहभागिता अभिबृद्धि गर्न र विकास प्रकृयामा महिलाको सहभागिता बढाउन र स्थानीय तहमा महिला नेतृत्व क्षमताको विकास गर्न समेत स्थानीय निकायको पदाधिकारीमा महिलाहरु अनिवार्य रहको जिकीर गर्नुभयो ।
नेपाल महिला संघ क्षेत्र नं ४ का अध्यक्ष राजु खत्री बडुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ बर्दियीाका अध्यक्ष सुशीला गिरी,नेपाली कांग्रेसका जिल्ला सचिव भोजराज जोशी,क्षेत्रिय सचिव नाचुराम थारु,नेपाली कांग्रेस क्षेत्र नं ३का निवर्तमान सभापति रामचन्द्र थापा,तरुण दल बर्दियाका निवर्तमान अध्यक्ष मेक बहादुर गुंरुग लगायतले नेपाल महिला संघ नेपालको लोकतान्त्रिक आन्दोलनमा पुरयाएको योगदानको चर्चा गर्नुभयो।
Comments
Post a Comment