पी सी एन,११ जेठ । जनतालाई आफनै घर दैलोमा सेवा पुरयाउने नेपाल सरकारको नीति अनुसार जिल्ला प्रशासन कार्यालय बर्दियाले शनिवार र आईतवार बर्दिया निर्वाचन क्षेत्र नं४ को पशुपतिनगरमा संचालन गरेको घुम्ती शिविरबाट सयौं सर्वसाधरणहरु लाभान्वित भएका छन्।
स्थानीय पशुपति उच्च माध्यमिक विद्यालय परिसरमा आयोजित एकीकृत घुम्ती सेवा शिविरको शनिवार प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुंवरले पाताभार ३की कोकिला खत्रीलाई नागरिकता प्रमाण पत्र प्रदान शुभारम्भ गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको नेतृत्वमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने जिल्लास्थित सरकारी तथा गैर सरकारी निकायबाट शिविरमा सेवा उपलब्ध भएपछि स्थानीयहरु निकै हर्षित देखिन्थे।
शिविरमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको नागरिकता वितरण सेवाबाट २सय १२जना सेवाग्राही लाभान्वित भएका छन्। जिल्ला विकास समितिले संचालन गरेको बालमैत्री स्थानीय शासन सम्बन्धि प्रशिक्षण अभिमुखिकरणबाट १सय १०जना,जिल्ला स्वास्थ्य कार्यालयले संचालन गरेको स्वास्थ्य उपचार र औषधी बितरणबाट ६सय ५६जना, जिल्ला पशु सेवा कार्यालयले संचालन गरेको पशु खोप, उपचार परिजीवी नियन्त्रण,बन्ध्याकरण र कृत्रिम गर्भाधानबाट ५सय ९६जना,जिल्ला निर्वाचन कार्यालयको् फोटो सहित नामावली संकलनबाट २सय ४०जना, आयुर्वेदिक कार्यालयको बिरामी जांच र औषधी बितरण सेवाबाट ३सय २८ जना ,जिल्ला खानेपानी कार्यालयको हात धुने प्रर्दशनी ,सरसफाई सम्बन्धि परामर्श र खानेपानी शुद्धिकरणका लागि पियुस बितरणबाट १सय ५०जना,महिला तथा बालबालिका कार्यालयको अपाग परिचय पत्र बितरण र परामर्श सेवाबाट ४१जना,नेपाल रेडक्रस सोसार्यटीको आंखा र कान उपचार सेवाबाट ४सय ७९जना, पशुपतिनगर गाविस कार्यालयको जिल्ला कृषि विकास कार्यालयको माटो परीक्षण सेवाबाट १सय ३७ सेवाबाट २सय ३१जना,जिल्ला कृषि विकास कार्यालयको माटो परीक्षण,बीउबीजन बितरण,घुम्ती तालिम र बाली उपचार सेवाबाट १हजार २सय १९जना,नेपाल प्रहरीको सामुदायिक प्रहरी सम्बन्धि अभिमुखीकरणबाट १सय ३७जना र डिभिजन सहकारी कार्यालयको सहकारी सम्बन्धि परामर्शबाट ३०जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरकै दौरानमा जिल्ला शिक्षा कार्यालयले संस्थागत र सामुदायिक विधालय र बजार अनुगमन समितिले खाद्यबस्तुको निरीक्षण समेत गरेको थियो ।
राज्यबाट प्रदान गरिने सेवाहरु नागरिकलाई जनताको घरदैलोमा नै उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियाले दोस्रो चरणमा सदरमुकामबाट टाढाको दुरीमा रहेको पशुपतिनगरमा घुम्ती सेवा शिबिर संचालन गरेको थियो । शिविरमा घुम्ती सेवा सकिए लगतै सेवाको प्रभावकारिता र स्थानीय नागरिकका गुनासाहरु बुझन सार्वजनिक सुनुवाई कार्यक्रम पनि संचालन गरिएको थियो ।
पहिलो चरणमा चरणमा बर्दिया निर्वाचन क्षेत्र नं१को चेपांगमा जेठ २गते घुम्ती शिविर संचालन भएको थियो ।
Comments
Post a Comment