पी सी एन,२३वैशाख। चार बर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा ५वटा गंैडा बढेको छ । वन्यजन्तु संरक्षण विभागले सौराहामा पत्रकार सम्मेलन गरि बर्दियामा ५ वटा गैंडा बढेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
सन् २०११ मा २४ वटा रहेको बर्दिया निकुञ्जमा चार वर्षपछि गैंडा बढेर २९ पुगेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण रामचन्द्र कंडेलले जानकारी दिनुभयो । उमेरका हिसाबले बर्दिया राष्ट्रिय निकुञ्जमा वयस्क २०, अर्धवयस्क ४ र ५ वटा बच्चा गैंडा भेटिएको छ । लिंगका हिसबाले निकुञ्जमा भाले ६ पोथी ९ र लिङ्ग नछुट्टिएको १४ गैंडा भेटिएको प्रमुख संरक्षण अधिकृत कडेलले बताउनु भयो ।
यस पटकको गैडा गणना पनि भारतको कर्तनियाघाट वाईल्ड लाईफ सेञ्चुरीमा रहेका ४ र हातीको अभावमा खोज्न नसकिएका झाडिमा लुकेका ३ गैडा जति गणनामा सामेल नभएकाले भविष्यमा गैडाको संख्या बढन सक्ने प्रमुख संरक्षण अधिकृत कडेलको भनाई छ ।
विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र बर्दिया राष्टिय निकुञ्जले बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणना गरेको हो । वैशाख १गतेबाट सुरू भएको गैंडा गणना वैशाख ८ गते सकिएको थियो । गणनामा ६ लाख रुपैयाँ खर्च भएको निकुञ्जले जनाएको छ । गैडा गणना गर्न १६ हातीसहित ६८जना जनशतिm परिचालन गरिएको थियो भने नेपाली सेना,पर्यार्पाटन विकास मञ्च,सेन्स नेपाल,नेचर गाईड एशोसियसन,पंक्षी संरक्षण संघ ,चोरी शिकार नियन्त्रण युवा उपसमिति,प्रेस क्लब अफ नेपाल लगायतका संघ संस्थाहरुले सहयोग गरेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्जसहित चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, पर्सा वन्यजन्तु आरक्षमा गैंडाको संख्या बढेर ६४५ वटा पुगेको छ । देशभर १११ गैँडा बढेका छन् । सन् २०११ को गणनामा देशभर एकसिंगे गैँडाको संख्या ५३४ थियो । चितवन राष्ट्रिय निकुञ्जमा ५०३ बाट बढेर ६०५ बर्दिया राष्ट्रिय निकुञ्जमा २४ बाट बढेर २९, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सात बाट बढेर आठ र पर्सा वन्यजन्तु आरक्षमा तीन वटा गंैडा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक टीकाराम अधिकारी बताउनु भयो ।
नेपाललाई गैंडा संरक्षणमा सफलता मिलेको भन्दै अहिलेको संख्या कायम राख्न गैंडाको बासस्थान सुधारमा केन्द्रित हुन कर्मचारीहरुलाई उंहाले निर्देशन दिनुभएको छ ।
Comments
Post a Comment