२०७१ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने


पी सी एन ,१५ जेठ सरकारले २०७१ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार धनुषाका धर्मेन्द्र झा तथा वरिष्ठ पत्रकार सम्मान कास्कीका कुसुमकेशव पराजुली, तनहुँका तेजप्रकाश पण्डित पाल्पाका मेघराज शर्मालाई प्रदान गर्ने घोषणा गरेको
सूचना तथा सञ्चार मन्त्रालय, सञ्चार महाशाखा प्रमुख एवम् सहसचिव पुरुषोत्तमप्रसाद तिवारीको संयोजकत्वमा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष सूर्यमणि गौतम, रीता गुरुङ्ग राजेश मिश्र सदस्य सहित गठन भएको सिफारिस समितिको सिफारिसअनुुसार पत्रकार झालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको मन्त्रालयले विक्रम सम्वत् २०६४ देखि प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा सक्रिय एवम् समर्पित भई देश जनताको समृद्धि तथा लोकतन्त्रको सुदृढीकरणमा उल्लेखनीय योगदान गर्ने एक व्यक्ति वा एक संस्थालाई रु. लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको यसैगरी सहसचिव पुरुषोत्तमप्रसाद तिवारीको संयोजकत्वमा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, नेपाल पत्रकार महासङ्घका उजिर मगर, पत्रकार प्रतिनिधि प्रकाश रिमाल अनिता विन्दु तथा प्रेस काउन्सिल नेपालका सुदर्शन आचार्य सदस्य एवम् सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदु प्रसाद पन्थी सदस्यसचिव रहेको छनोट समितिबाट सिफारिस भएअनुरुप वरिष्ठ पत्रकारत्रय पराजुली, पण्डित शर्मालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने निर्णय भएको उक्त मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख
सरकारले २०६६ सालदेखि पत्रकारिताको क्षेत्रमा लामो समयसम्म क्रियाशील एवम् समर्पित भई देश, जनता लोकतन्त्रका पक्षमा महत्वपूर्ण योगदान गर्नुभएका वरिष्ठ पत्रकारलाई जनही रु. दुई लाख प्रदान गर्ने व्यवस्था गरेको यसअघि राष्ट्रिय पत्रकारिता पुरस्कार २०६४ सालमा पत्रकार स्वर्गीय कृष्णसेन इच्छुक (मरणोपरान्त), २०६५ सालमा पत्रकार भैरव रिसाल, २०६६ सालमा पत्रकार गोकुलप्रसाद पोखरेल, २०६७ सालमा पत्रकार स्वर्गीय तारा न्यौपाने, २०६८ सालमा केदारमान सिंह श्रेष्ठलाई तथा २०६९ सालमा महिला समानताका लागि सञ्चार अभियानरेडियो मुक्ति ९५. मेघाहर्ज, बुटवल नारी उत्थान समाजरेडियो दिदी बहिनी ९५. मेगाहर्ज, पर्वतलाई संयुक्त रुपमा २०७० सालमा कविर राणा, देशान्तर साप्ताहिकलाई प्रदान गरिएको थियो

यसैगरी वरिष्ठ पत्रकार सम्मानबाट २०६६ सालमा वरिष्ठ पत्रकारत्रय रमेश घिमिरे, स्वर्गीय चन्द्रलाल झा रामबहादुर चन्द, २०६७ सालमा वरिष्ठ पत्रकारत्रय पन्नालाल गुप्ता, शक्ति लम्साल माधव शर्मा, २०६८ सालमा वरिष्ठ पत्रकारत्रय राजेश्वर नेपाली, लालदेउसा राई गोपालप्रसाद थपलिया २०६९ सालमा वरिष्ठ पत्रकारत्रय गोपाल बूढाथोकी, देवप्रकाश त्रिपाठी, नुनिन्द्र दुलाल (नरेन्द्र जङ पिटर), तथा २०७० सालमा वरिष्ठ पत्रकारत्रय हरिहर विरही, शम्भु श्रेष्ठ अर्जुन ज्ञवाली सम्मानित हुनुभएको थियो

Comments