सावित्री गिरी
पी सी एन,४ जेठ ।नेपालगञ्ज उपमहानगरपालिकाकोे अगुवाईमा क्षेत्रीय प्रहरी तालिम केन्द्र, विभिन्न संघसंस्था र वडावासीको सहकार्यमा वैशाख २९ गतेदेखि संचालित वृहत् सरसफाई सप्ताह सोमवार नेपालगंज नगरमा भब्य ¥याली सहित समापन गरिएको छ ।
पुष्पलाल चौकबाट सयौंैंको सहभागितामा निस्केको सचेतनामूलक ¥याली सेतुविक, त्रिभुवन चौक हुँदै विपी चौक पुगेर समापन भयो । समापन समारेहमा तालिम केन्द्रका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्रीलाई कदर पत्र सहित सम्मान गरिएको थियो । सरसफाई अभियानमा प्रहरीको उल्लेखनीय सहभागिता जनाउन अहम् भूमिका निर्वाह गर्नु भएकोमा उहाँलाई आम नागरिकका तर्फबाट उपमहानगरपालिकाले सम्मान गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले फोहर व्यवस्थापन साझा विषय भएकाले सवैको जिम्मेवारी हुनुपर्ने बताउनुभयो । नेपालगंज उपमहानगरपालिकाका कार्यकारी अधिकत विष्णु प्रसाद भुषालले सरसफाईमा प्रत्येक नागरिकको स्वःस्फुर्त सहभागिताको बाताबरण बनाउनु अहिलेको प्रमुख चुनौती रहेको बताउदै आगामी दिनमा फोहर गर्नेलाई आवश्यक कानूनी कारवाही गर्ने रणनीति अवलम्वन गरिने दावी गर्नुभयो ।
समारोहमा वरिष्ठ प्रहरी उपरीक्षक खत्री, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त पन्त, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी लगायतले उपमहानगरपालिकाको पहललाई अझैँ निरन्तरता दिँदै प्रभावकारी बनाउनु पर्ने सुझाब दिनुभयो ।
सरसफाई सप्ताह अन्तर्गत् विशेषतः फोहर, घाँसपात, प्लाष्टिकले जाम भएका नालीको सरसफाई गरिएको थियो । दश वटा समूह बनाएर दैनिक १० वटा टोलको फोहर संकलन गरिएको उपमहानगरपालिकाका सरसफाई शाखाका प्रमुख अशोक केसीले जानकारी दिनुभयो ।
साताभरीमा करीब एक सय भन्दा बढी ट्याक्टर टली फोहर संकलन र विसर्जन गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
प्रहरी तालिम केन्द्रका ५ सय सुरक्षाकर्मी र स्थानीय नागरिकको सहभागिता रहेको सरसफाई सप्ताह अन्तर्गत दिनहुँजसो विभिन्न वडाका टोल, वस्तीमा सरसफाई गरिएको थियो ।
Comments
Post a Comment