पी सी एन,९जेठ । बहराइच जिल्लाको प्रहरी प्रमुखको रुपमा पुलिस अधीक्षक नेहा पाण्डेले जेठ ८गते शुक्रवारबाट आफनो पदभार सम्हाल्नु भएको छ ।
लखनउ स्थायी घर भएकी पाण्डेले जवाहरलाल नेहरू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नु भएको हो । सन् २००९को आइपीएस बैच रहनु भएकी पाण्ड ६ महिनासम्म बनारसमा बतौर
प्रशिक्षकको रुपमा काम गर्नुभएको हो ।
अपर पुलिस अधीक्षक रूपमा पहिलो पटक उंहाले उन्नावमा बागडोर सम्हाल्नु भए
को हो । बहराइच जिल्लामा बतौर पुलिस अधीक्षकमा उंहाको यो पहलो नियुक्ति हो।पुलीस अधिक्षक कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बहाराईचका नवनियुतm पुलिस प्रमुख पाण्डे हाल बहराईचमा भईरहेका अपराधहरु प्रति गंभीर देखिनु भयो ।
उंहाले अपराधीहरुलाई जसरी भएपनि कानुनको कठघेरामा ल्याई छाडने प्रतिबद्धता ब्यतm गर्नुभएको छ।
पीडितहरुलाई छिटोछरितो न्याय दिलाई छाडने बताउदै उंहाले काममा ढिलासुस्ती गर्ने प्रहरीहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उंहाले बहराईच प्रहरीको टोल फ्री नम्बर १०९० लाई ब्यापक प्रचारप्रसार गर्न सबैलाई आग्रह गर्नुभयो । उंहाले अपराध व अपराधिहरुको बारेमा सोझै आफुलाई जानकारी दिन सबैमा आग्रह गर्दे त्यस्तो जानकारी दिनेहरुको नाम गोप्य राखिने बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा अपर पुलिस अधीक्षक दिनेश त्रिपाठी, रिसियाका क्षेत्राधिकारी मुहम्मद अकमल को समेत उपस्थिति रहेको थियो।
Comments
Post a Comment