बर्दिया जेठभित्रै खुला दिशामुक्त जिल्ला घोषणा हुदै, कार्यक्रमको प्रमुख अथितिको रुपमा प्रधानमन्त्री एंव कांग्रेस सभापति सुशील कोईरालालाई बोलाउने सर्वदलीय निर्णय

पी सी एन,१८जेठ बर्दियालाई तराईको पहिलो खुला दिशामुतm जिल्ला घोषणाको तैयारीमा लागेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समितिले खुला दिशामुतm जिल्ला घोषणा कार्यक्रमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति सुशील कोईरालालाई आमन्त्रण गर्ने निर्णय गरेको
समितिका अध्यक्ष एंव स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलको अध्यक्षतामा गुलरियामा हालै सम्पन्न समितिको सर्वदलीय बैठकले खुला दिशामुतm जिल्ला घोषणा कार्यक्रममा प्रधानमन्त्रीलाई बोलाउने निर्णय गर्दे सो को लागि बृहत उपयुतm तैयारी पनि गर्ने जनाएको छ।
बर्दियालाई खुला दिशामुतm जिल्ला घोषणा कार्यक्रममा प्रधानमन्त्रीलाई बोलाउने प्रधानमन्त्रीको कार्यब्यस्तता भए उपप्रधान मन्त्री एंव एमाले उपाध्यक्ष बामदेव गौतमलाई बोलाउने निर्णय भएको  जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समितिका सदस्य सचिव एंव जिल्ला खानेपानी सब डिभिजन कार्यालय बर्दियाका प्रमुख अर्जुनकुमार बमले जानकारी दिनुभयो
यसैबीत खुला दिशामुतm जिल्ला घोषणाको तैयारीमा लागेका बर्दिया जिल्लाको खानेपानी,सरसफाई स्वच्छताको अवस्था बारे स्थलगत अध्ययन गर्न बर्दिया आएको क्षेत्रीय खानेपानी तथा सरसफाई स्वच्छता समितिको एक टोलीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रको भ्रमण गरि खुला दिशामुतm क्षेत्र घोषणा गरिएका गाविस नगरपालिकाहरुको अवस्था बारे जानकारी लिएको नीलकण्ठ पाण्डेको संयोजकत्वमा बर्दिया आएको टोली आफनो अध्ययन भ्रमण पुरा गरि सुर्खेत फर्केको नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मीनराज शर्माले जानकारी दिनुभयो ।टोलीले बर्दियालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी पुरा भए नभएको क्षेत्रीय समितिमा सुझाव सहितको प्रतिवेदन पेश दिनेछ  
टोलीले सकारात्मक प्रतिवेदन दिए बर्दियालाई यहि जेठ भित्र खुला दिशामुतm जिल्ला घोषणा गरिने स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताउनु भयो

Comments