पी सी एन,१० जेठ । जनतालाई आफनै घर दैलोमा सेवा पुरयाउने नेपाल सरकारको नीति अनुसार जिल्ला प्रशासन कार्यालय बर्दियाले शनिवारदेखि शुरु गरेको घुम्ती शिविर आज दोस्रोदिन पनि जारि रहेको छ ।
स्थानीय पशुपति उच्च माध्यमिक विद्यालय परिसरमा आयोजित एकीकृत घुम्ती शिविरमा सेवा लिनेहरुको आईतवार बिहानैबाट घुईचो रहेको छ ।
शनिवार प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुंवरले पाताभार ३की कोकिला खत्रीलाई नागरिकता प्रमाण पत्र प्रदान गरेर शिविरको शुभारम्भ गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको नेतृत्वमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने जिल्लास्थित सरकारी तथा गैर सरकारी निकायबाट शिविरमा सेवा उपलब्ध भएपछि स्थानीयहरु निकै हर्षित भई सेवा लिईरहेका छन् ।
शिविरमा नंया नागरिकता,जनजाति प्रमाणित,स्वास्थ्य जांच,फोटोसहितको मतदाता नामावली संकलन,अंपांग परिचय पत्र बितरण ,कृषि,पशु लगायतका सेवाहरु उपलब्ध गराईएको सहायक प्रजिअ श्रीनाथ पौडेलले बताउनु भयो ।
राज्यबाट प्रदान गरिने सेवाहरु नागरिकलाई जनताको घरदैलोमा नै उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियाले दोस्रो चरणमा सदरमुकामबाट टाढाको दुरीमा रहेको पशुपतिनगरमा घुम्ती सेवा शिबिर जारि राखेका छ । पहिलो दिन शिविरबाट सयौ सर्वसाधरणहरु लाभान्वित भएका छन् ।
शनिवार पहिलो दिन शिविरमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको नागरिकता वितरण सेवाबाट महिला ७० र पुरुष ४६ गरि ११६ जना लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाले संचालन गरेको बिरामी जांच,स्वास्थोपचार, पोाषण,परामर्श र औषधी बितरणबाट ६सय ५८जना, जिल्ला कृषि विकास कार्यालयको माटो परीक्षण सेवाबाट १सय ३७ जना,प्लान्ट बितरणबाट३९जना र धानको बीउ बितरण सेवाबाट २०० जना लाभान्वित भएका छन् ।
रेडक्रसले संचालन गरेको आंखा उपचार सेवाबाट १सय ७१ जना,कान उपचार सेवाबाट ५५जना ,जिल्ला आर्युवेद कार्यालयले गरेको स्वास्थ्य जांच एंव उपचार सेवाबाट ३८पुरुष र ८४महिला गरि १सय ३९ जना लाभान्वित भएका सहायक प्रजिअ पौडेलले बताउनु भयो ।
शिविरमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी र सामुदायिक प्रहरीका अधिकृत एंव जवानहरुले शिविरको सुरक्षाका साथै र सर्वसाधरणलाई सहज र छिटोछरितो पंहुच बढाउने काम गरिरहेका छन्।
आईतबार सांझसम्म चल्ने शिविरमा घुम्ती सेवा सकिए लगतै सेवाको प्रभावकारिता बुझन सार्वजनिक सुनुवाई कार्यक्रम पनि संचालन गरिने छ ।
पहिलो चरणमा चरणमा बर्दिया निर्वाचन क्षेत्र नं१को चेपांगमा जेठ २गते घुम्ती शिविर संचालन गरिएको थियो ।
Comments
Post a Comment