बर्दिया जिल्ला मै पहिलो पटक बाँसगढीमा आज देखि शिक्षक सेवा आयोगको तयारी कक्षाको औपचारिक उद्घाटन गरिएको छ । आयोगको तयारीको लागी शहर केन्द्रित भईरहेको अबस्थामा रोटी रोजीको जोहो गरिरहेका र बाहिर जान नसक्नेहरुलाई मध्य नजर गर्दै बाँसगढी ट्युसन सेन्टरद्धारा तयारी कक्षा सञ्चालन गरिएको हो । उदघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा शैक्षिक तालिम केन्द्र नेपालगञ्जका प्रशिक्षक माधन शर्माले ट्युसन सेन्टरमा यो क्षेत्रमा सक्षम शिक्षकहरु छनोट गरेकाले बाँके बर्दियाका अन्य ट्युसन सेन्टर भन्दा बढी सफलता प्राप्त गर्ने आशा जाकेको बताए । अवको प्रतिस्पर्धा क्षेत्रिय स्तरको भएकाले ईमान्दारी, मेहनत र व्यबस्थित तरिकाले ज्ञान सिप र अनुभब आदानप्रदान गर्न सकेमा सफलता प्राप्त गर्न सक्ने कुरामा जोड दिए । नेपाल शिक्षक युनिययन बर्दिया जिल्लाका अध्यक्ष नवराज ढुङगानाले शिक्षा क्षेत्रको बिकासमा दक्ष जनशक्तिको उत्पादनको लागी प्राबिधिक कुराहरुको ज्ञान नहुदा परिक्षार्थी असफल हुने भन्दै शिक्षा क्षेत्रको बिकास र दक्ष जनशक्ति उत्पादनको तयारी कक्षा सञ्चालन पहिलो कदम रहेको कुरामा जोड दिए । उनले देश बिकासको लागी सरकारी, साझागत र व्यक्तिगत क्षेत्र भएकाले तिनै क्षेत्रले एक आपसमा सहकार्यको आबश्यकता औल्याउनु भयो । कार्यक्रममा सहभागी बिभिन्न व्यक्तिहरुले शुभकामना दिर्दै बिशुद्ध व्यबसाय नबनाई बढी भन्दा बढी सेवामा जोड दिन आग्रह गरे । तयारी कक्षामा जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह, शैक्षिक तालिम केन्द्र नेपालगञ्जका माधव शर्मा, क्षेत्रिय शिक्षा निर्देशनालय सुर्खेतका उपसचिव बिष्णु प्रसाद अधिकारी, महा कबि लक्ष्मी प्रसाद देबकोटा उच्च माबि गुलरियाका प्राचार्य च्यामुलाल चौधरी, अमर जोती उमाबि सितापुरका प्राचार्य कृष्णराज शर्मा प्रशिक्षक रहने बाँसगढी ट्युसन सेन्टरका अध्यक्ष नारायण प्रसाद उपाध्यायले जानकारी गराए । त्यस्तै बर्दिया जिल्लाबाट यस अघि एक नम्बरमा नाम निकाल्न सक्षम अर्जुन तिवारी, यादव ढकाल लगायतका शिक्षा क्षेत्रमा बिज्ञ व्यक्तिले प्रशिक्षक दिने जनाईएको छ । सेन्टका अध्यक्ष नारायण प्रसाद उपाध्यायको सभापतित्वमा भएको थिएको भने कार्यक्रमको सञ्चालन शिक्षक युवराज घिमिरेले गरेका थिए ।
Comments
Post a Comment