सांस्कृतिक कार्यक्रमका जान लागेका कलाकारहरुलाई पक्राउ गरि थुनामा राखिएकोमा कलाकारहरुको आपति, घटना बारे राष्ट्रिय मानव अधिकार आयोगले चासो देखायो
पी सी एन,२४ वैशाख । भारतको गोरखपुरमा साँस्कृतिक कार्यक्रम लिएर जाँदै गरेका राष्ट्रिय नृत्यङ्गना कल्पना भण्डारी लगायत ६ जनालाई बर्दिया प्रहरीले गैर कानुनी थुनामा राखि मानव बेचबिखनको मुद्दा चलाउन खोजेको र कुटपीट एंव गालीगलौच गरेको भन्दै बांकेका कलाकारहरुले आपतिm जनाएका छन् । उनीहरुले झुठो मुद्दा तत्काल फिर्ता लिनुपर्ने मांग समेत अघि सारेका छन् । घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग नेपालगंजले अनुसन्धान पकृया पनि अगाडी बढाएको छ ।
भारतको गोरखपुरमा रहेको डि के डान्स कला केन्द्रमा कार्यक्रम लिएर जाँदै गरेका भण्डारी लगायतका कलाकारहरुलाई अनावश्यक लाञ्छना एंव आरोप लगाएर बेचबिखनको मुद्धा चलाउनु आपतीजनक कुरा हो त्यसैले बिना शर्त मुद्दा फिर्ता लिनु पर्छः वरिष्ठ कलाकार कमल बि के निर्मोहीले भन्नुभयो । उंहाले कलाकारहरु स्वतन्त्र हुने र जुनसुकै ठाँउमा गएर पनि आफनो कार्यक्रम प्रस्तुती गर्ने अधिकार रहेको जिकीर गर्दे झुठो आरोप नलगाउन सम्बद्ध सबैमा आग्रह गर्नुभयो ।
राष्ट्रिय मानब अधिकार आयोगका निमीत्त क्षेत्रिय निर्देशक रमेश थापाले पक्राउ परेकाहरुलाई प्रहरीले दुब्र्यबहार गरेको देखिएकोले आयोगले अनुसन्धान प्रकृया अगाडि बढाईसकेको बताउनु भयो । आयोगले बिहीबार नै ईलाका प्रहरी कार्यालय मैनापोखरको हिरासत कक्ष अनुगमन गरि थुनामा रहेकाहरु,अभिभाबक र प्रहरी प्रमुखसंग सोधपुछ समेत गरेको छ । आयोगको टोली आएपछी बयानका लागी सरकारी वकिलको कार्यालय लगिएका कलाकारहरु कल्पना भण्डारी, राजेन्द्र सिंह ठकुरी र अरबिन्दकुमार गौरलाई अड्डा सार गरि जिल्ला प्रहरी कार्यालय बर्दियामै राखिएको छ । अबेर राति सम्म पनी ईलाका प्रहरी कार्यालय मैनापोखरमा उनिहरुलाई नल्याईएपछी आयोगको टोलि नेपालगञ्ज फिर्ता भएको छ ।
थुनामा रहेकी भण्डारीले प्रहरीले आफुलाई कुटपिट समेत गरेको बताउनु भएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट गएको टोलीले आफुलाई लतारदै बयान कक्षमा लगी लात्तिले शरिका बिभिन्न भागमा बुटले कुल्चिँदै कुटपिट गरेको उंहाले बताउनु भयो । कपाल समातेर भित्तामा ठोक्काउदा भण्डारीको नाकमा चोट समेत लागेकोे छ । शरिरका बिभिन्न भागमा कुटपिट गर्दा शरिर चलाउन नसक्ने अबस्थामा रहेको उंहाले बताउनु भयो । प्रहरीले भने अनुसन्धानको क्रममा सामान्य हात पात भने भएको हुन सक्ने बताएको छ ।
कालिका प्रहरी चौकिले भण्डारी लगायतका कलाकारहरुलाई वैशाख २१गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय मैनापोखर बुझाएकोमा २२ गते मात्र उनीहरुको पक्राउ मुचुल्का तयार गरि २३गते सांझ उनीहरुको पक्राउ बारे जिल्ला प्रहरीले कार्यालयले ईमेल मार्फत घटनाबारे समाचार सार्वजनिक गरेको थियो ।
थुनामा राखिएका कलाकारहरुका बारेमा पत्रकार तथा बिभिन्न मानब अधिकारबादीहरुले चासो देखाएपछी प्रहरीले उनीहरुलाई थुनुवा कक्षबाट बाहिर निकालेको छ । प्रहरीले किशोरी कलाकारहरुका अभिभाबकलाई ३ दिन देखी प्रहरी कार्यालयमा बोलाउदै पठाँउदै गरेको भएपनि ती किशोरीकलाकारहरुलाई
परिवारको जिम्मालगाएको छैन । डिउटीमा खटिएका प्रहरीले समेत उनिहरुलाई अपशब्द प्रयोग गर्ने गरेको र लान्छना लगाउने गरेको कलाकारहरुले बताए।
गस्तीमा रहेको प्रहरीले वैशाख २२ गते सांझ अन्दाजी ६ः४५ बजेको समयमा ५जना मानिसहरुलाई लिई भारत तर्फ जान लागेको अवस्थामा बर्दियाको कालीका गा।वि।स।वडा नं।८ स्थित नेपाल र भारत तर्फ गईरहेको अवस्थामा वागेश्वरी ५ वस्ने वर्ष २२ की कल्पना भण्डारीे, वागेश्वरी ३ वस्ने वर्ष ३८ का राजेन्द्र प्रताप सिंह ठकुरी र भारतको गोरखपुर थाना झंगहा गाउँ भिस्वा बस्ने वर्ष २४ को अरविन्द्र कुमार गौरलाई पक्राउ गरी कानुन वमोजिम कारवाही गरिएको जनाएको छ । घटनामा फरार भारत देवरियाका धन्नजय कुमार गौरको भने खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।उनीहरुलाई मानव वेचविखन तथा ओसार पसार मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो । भण्डारी ,ठकुरी र गौरलाई वागेश्वरी ९ वस्ने वर्ष २१ की विमला बुढा ,महादेवपुरी –७ बस्ने वर्ष १८की विमला कुमारी खत्री ,शम्शेरगञ्ज।–७ बस्ने वर्ष १९ की रिचा सुनार,कोहलपुर न।पा।१० बस्ने वर्ष १७ अलिस्मा कुमारी चलाउने र कोहलपुर ८ बस्ने वर्ष १७ की विमला वि।क।लाई भारत तर्फ लान लागेको आरोप प्रहरीले लगाएको छ ।
आफुहरु पटक पटक भारतका बिभिन्न स्थानमा सांस्कृति कार्यक्रममा सरिक हुन जाने गरेको बताउदै प्रहरीले मानब बेचबिखनको मुद्धा चलाएर भण्डारीलाई फसाउन खोजेको आरोप कलाकारहरुले लगाएका छन । त्यस्तै प्रहरीले घटनामा संलग्न रहेको भन्दै नृत्य प्रशिक्षण कार्य गर्दे आएको संस्था कुम्भकर्ण फिल्मस प्रा ली कोहलपु्रका नृत्य निर्देशक राजेन्द्र सिंह ठकुरीलाई समेत प्रहरी कार्यालयमा बोलाई थुनामा राखेको छ । प्रहरीले तपाईका बिद्यार्थीहरु पक्राउ परेका छन लिन आउनुस भनेर बोलायो एक्कासी कुटपिट गर्दै थुनाभित्र हाल्यो, ठकुरीले भने । भारतबाट कलाकार लिनआएका भारत गोरखपुरका अरबिन्दकुमार गौरलाई पनी पक्राउ गरेको छ । गौर ठकुरी र भण्डारी माथी प्रहरीले मानव बेचबिखनको मुद्दा दायर गरेको हो । आफुहरुलाई लिन आउने गाडि बलेगाउमा आएकाले सोही बाटो भएर सांस्कृतिक कार्यक्रम प्रस्तुतीका लागि भारत जाने थालेको उनीहरुले बताएका छन ।
Comments
Post a Comment