नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितिको निर्णयानुसार विशेष कार्यक्रम आयोजना गरि नगरपालिकालाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न लागिएको हो ।
गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेले बिहान ११बजे गुलरिया नगरपालिकाको खुला चौरमा हुने खुला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण नगरवासीहरुमा अनुरोध गर्नुभएको छ।
खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई लिएर नगरका बिभिन्न स्थानमा गेटहरु बनाईएको छ । खुला दिशामुक्त क्षेत्र घोषणा हुन लनगेको खुशियालीमा नगरका बिभिन्न स्थामबाट झांकी ,नांच ,कला र संस्कृति झल्काउने नृत्यहरु पनि प्रर्दशन गरिने छन्।
Comments
Post a Comment