पाटेबाघको अंग तस्करी गर्ने कार्यमा संलग्न रहेको आशंका बर्दियामा एक ब्यतिm पक्राउ


पी सी एन,२३ वैशाख   दुर्लभ पाटेबाघको अंग तस्करी गरि बर्दियाबाट भारत निकासी गर्ने कार्यमा संलग्न रहेको आंशकमा बांके प्रहरीले एक ब्यतिmलाई पक्राउ गरि सार्वजनिक गरेको ।भारत पन्जाब लुधियाना घर भई हाल बर्दियाको मगरागाडि गाविसको जयनगरमा अस्थायी रुपमा बस्दै आएका ६० वर्षीय रामजस बन्जारालाई प्रहरीले सोमबार पक्राउ गरि मंगलवार सार्वजिनक गरेको हो
नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान व्यूरोले सुराकीको आधारमा भारतीय नागरिक बन्जाराको कोठाबाट बाघको छाला हड्डी बरामद गरिएको प्रहरीले जनाएको बन्जाराले मगरागाडिका एक स्थानीयसँग हजार रुपैयाँमा बाघको छाला ह्डडी किनेको बयान दिएको क्षेत्रीय अनुसन्धान समुहका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक सिंहले बताउनु भयो बाघका अंग मगरागाडिमै बरामद भएकाले बर्दिया राष्ट्रिय निकुन्ज भित्र शिकार गरेर मारेको हुन सक्ने आशंका पनि गरिएको
खुल्ला सिमाना भएका कारण बर्दिया बांकेका बिभिन्न नाकाबाट तस्करहरुले वन्यजन्तुका अंग सजिलै निकासी गर्ने गरेका छन्   स्थानीय तस्करले बाघको शिकार गर्ने भारतीय तस्करले अंगहरु बाहिर निकासी गर्ने गरेको प्रहरीको आशंका छ। बाघको अंग तस्करीमा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धानपछि मात्र खुल्ने प्रहरी नायब उपरीक्षक सिंहले बताउनु भयो

पक्राउ परेका बन्जारालाई आवश्यक कारबाहीका लागि बर्दिया प्रहरीलाई बुझाईने प्रहरीले जनाएको

Comments