जेनेभा ग्लोबलद्धारा हरुवा —चरुवालाई कमैया बस्तीको भ्रमण गराउने कार्य सम्पन्न,हरुवा चरुवालाई तत्काल मुतm घोषणा गर्न सरकारसंग मांग
पी सी एन,१३जेठ । फ्रिडम फोरमको सहयोगमा जेनेभा ग्लोबलले पुर्वी नेपालमा आधुनिक दासको जीवन यापन गरिरहेका हरुवा ,चरुवा र उनीहरुको अधिकार प्राप्तीका लागि कार्य गरिरहका संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई पश्चिम नेपालका बर्दिया र कैलाली जिल्लाका मुतm कमैया बस्तीहरुको अध्ययन भ्रमण गराएको छ ।
जेनेभा ग्लोबलका कार्यक्रम प्रबन्धक हरिप्रसाद जोशीको नेतृत्वमा सिराहा,सप्तरी,धनुषा जिल्लाका हरुवा चरुवा र उनीहरुको मुतिmको अभियानमा लागेका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बर्दियाको धधवारमा रहेको विजयनगर र कैलालीको टिकापुरमा रहेको मुतm कमैया बस्तीको भ्रम
ण गराईएको हो ।
अध्ययन भ्रमणमा जनचेतना दलित संगम सप्तरी,नेपाल दलित जागरण केन्द सिराह,दलित संरक्षण अधिकार मञ्च सिराह,नेपाल दलित जागरण केन्द्र सिराह,सामुदायिक विकास केन्द्र लहान,तपेश्वरी समाज कल्याण संघ धनुषा,ग्रामिण विकास अधार धनुषा,सामुदाियक सुधार केन्द्र धुनुषा र सौन्दर्य नेपाल रहेका छन् ।
कमैयाहरुले कसरी मुतmी पाए र उनीहरुको हालको अवस्था कस्तो छ भन्ने बिषयमा स्थलगत र प्रत्यक्ष जानकारी दिलाउने उदेश्ययले हरुवा चरुवा र उनीहरुको अधिकारका निम्ती कार्य गरिरहेकाहरुलाई पश्चिम नेपालका मुतm कमैया बस्तीहरु भ्रमण गराईएको जेनेभा ग्लोबलका कार्यक्रम प्रबन्धक हरिप्रसाद जोशीले बताउनु भयो ।
बधुवा मजदुरको सवालमा सरकारले दोहरो नीति देखाएको बताउदै प्रबन्धक जोशीले पश्चिमका कमैयाहरुलाई मुतिm गरेझै पुर्वी नेपालमा बर्षोदेखि दासताको जीवन बिताईरहेका हरुवा चरुवालाई पनि कार्ययोजना बनाई तत्काल मुतm गर्नुपर्ने प्रबन्धक जोशीको धारणा छ ।
अध्ययन भ्रमणमा आएको टोलीलाई कमैया मुतिm आन्दोलनले पाएको सफलता र मुतिmपछि कमैयाहरुको सामाजिक ,आर्थिक ,राजनैतिक,शैक्षिक जीवनमा आएको प्रगति बारे मुतm कमैया समाज बर्दियाका अध्यक्ष पञ्चराम थारुले जानकारी गरउनु भएको थियो ।
स्मरण रहोस पुर्वी नेपालका सिराह,सप्तरी,धुनुषा,महोतरी र सर्लाही जिल्लामा ५८हजार ८सय ४६ घरपरिवार हरुवा चरुवाहरुले बर्षोदेखि बंधुवा मजदुरको रुपमा दासताको जीवन यापन गरिरहेका छन्।उनीहरु राज्यबाट पाउनुपर्ने आर्थिक सामाजिक र राजनैतिक अधिकारबाट पनि बञ्चित रहनु परेको स्थिति रहेको छ ।
Comments
Post a Comment