जिल्ला कृषि विकास कार्यालय बर्दिया र सेवा केन्द्रहरुले विशेष कार्यक्रहरुको आयोजना गरि बर्दियामा धान दिवस मनाए

पी सी एन
बर्दिया,१६असार जिल्ला कृषि विकास कार्यालय बर्दिया यस अन्र्तगतका सेवा केन्द्रहरुले जिल्लाभरी नै विशेष कार्यक्रहरुको आयोजना गरि बर्दियामा धान दिवस मनाएका छन्।
जिल्ला कृषि विकास कार्यालयले गुलरियामा कृषि सेवा केन्द्रहरुले मगरागाडि,राजापुर,बगनाह तथा मैनापोखरमा छुट्छुट्टै कार्यक्रमहरु गरि धानदिवस मनाएका हुन
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको प्रमुख आतिथ्य स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलको विशिष्ट आतिथ्यतामा गुलरिया नगरपालिका वडा नं सुहेलवास्थित स्थानीय विष्णु ज्ञवालीको खेतमा आयोजना गरिएको धान रोपाइ विशेष कार्यक्रम जिल्लास्थित सरकारी तथा गैर सरकारी  निकायका प्रमुख तथा प्रतिनिधीहरु सर्वसाधरण किसानहरुले दही चिउरा खानुका  साथै हिलो खेलेर आत्मीयता साटासाट पनि गरे।
सो अवसरमा धान रोपाईमा प्रयोग हुने यन्त्र समेत प्रर्दशनीमा राखिएको कृषि प्रसार अधिकृत शिवराज सुवेदीले बताउनु भयो बर्दियामा हालसम्म २०प्रतिशत धान रोपाई सकिएको
त्यसैगरी कालिका गाबिसको स्याउली बजार नजिकैको खेतमा पनि सामुहिक धान रोपाई कार्यक्रम सम्पन्न गरिएको
कालिका गाविसको कार्यालय हेफर ईन्टरनेशलन नेपालको सहयोग तथा एकल महिला,महिला सञ्जाल, युवा सञ्जाल कालिका, मयुर युवा क्लबको आयोजनामा सामुहिक धान रोपाई गरेर धान दिवस मनाईएको हो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुवर, सहायक प्रजिअ श्रीनाथ पौडेल, जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठ,जिल्ला शिक्षा कार्यालयका बैकुण्ठ अर्याल, कालिका गाविसका सचिव प्रेमबहादुर केसी ,संघसंस्थाका प्रतिनिधीहरु, कृषक, महिला सञ्चाल, युवासञ्जाल लगायतले बाजागाजा सहित सामुहिक धान रोपाई गर्नुभएको थियो कालिका महिला सञ्जालका अध्यक्ष पवित्रा अर्यालको अध्यक्षतामा भएको सामुहिक धान रोपाई कार्यक्रममा सय ५० भन्दा बढीको सहभागीता रहेको थियो


Comments