बर्दियाका छायादत्त भुसाल राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित

पी सी एन
बर्दिया,१६असार। बर्दियाको सोरहवा गाविस वडा नं २का छायादत्त भुसाल राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित हुनु भएको ।राष्ट्रिय धान दिवसको अवसर पारेर सरकारले कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको भन्दै भुषाललाई सम्मान गरिएको हो
राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले मंगलबार गरेको कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुली मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले नगद रु १लाख कदर पत्र प्रदान गरि उंहालाई सम्मान गर्नुभएको हो सरकारले भुषाललाई गरेको सम्मानको जिल्लास्थित सरोकारवालाहरुले स्वागत  गरेका छन् वरिष्ठ कृषि विकास अधिकृत हिक्मत कुमार श्रेष्ठले भुषालको सम्मानले  बर्दिया जिल्लावासी  सम्पुर्ण मध्यपश्चिमका कृषकहरुलाई थप हौसला मिलेको बताउनु भयो जिल्ला कृषि विकास कार्यालय
मध्यपश्चिम क्षेत्रिय सेवा निर्देशनालयबाट सिफारीसबाट सिफारीस हुदै भुषाल राष्टिय स्तरमा सम्मानित हुन पुगेका हुन भुषाललाई सम्मान गरेर सरकारले असल कामको शुरुवात गरेो बताउदै वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले उंहा प्रति गरिएको सममानले बर्दियालाई संसारभर चिनाउनुका साथै कृिषलाई  व्यावसायिकीकरण गर्न किसानलाई थप प्रेरणा मिलेको प्रष्ट पार्नुभयो
भुषालसंगै देशभरका पाँच जना किसानलाई राष्ट्रपति कृषक पुरस्कारबाट सम्मान गरिएको टिकापुर कैलालीका कालु हमालले सर्वोत्कृष्ट किसानको सम्मान स्वरुप नगद लाख रुपैयाँ कदर पत्र पाउनु भएको
यस्तै भिरगाउँ धनकुटाका अलैंची व्यवसायी चन्द्रलाल तामाङ, लेखनाथ२ कास्कीका बंगुर ब्यवसायी छयामबहादुर थापा, चितवन का फूल व्यवसायी प्रकाश पन्तले लाख रूपैयाँको उत्कृष्ट किसानको सम्मान पाएका छन्

कृषि किसानलाई सम्मान गर्ने उद्देश्यले सरकारले यसै बर्षदेखि सर्वोत्कृष्ट उत्कृष्ट किसानलाई सम्मान गर्न सुरु गरेका हो।  

Comments