असर २६, बर्दिया
नेपालको सबिधान, २०७२ को प्रारम्भिक मस्यौदा युवाहरुको बिषयमा मौन रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।युवा सञ्जाल बर्दियाको आयोजनामा भएको युवा श्रृखला १५ अन्र्तरगत संबिधानको प्रारम्भिक मस्यौदामा भएवाको छलफल कार्यक्रममा यस्तो बताएका हुन् । युवा श्रृखला छलफलमा सहभागिहरुले युवाहरुको उमेर समुह १६देखि३० तोकेर आउनुपर्ने, युवाहरुलाई लक्षित गरेर ठोस नियम बनाईनु पर्ने बताएका थिए । कार्यक्रममा प्रमुख बक्ता बार एसोसिएसन बर्दियाका अध्यक्ष नरेन्द्र शर्मा रहनु भएको थियो । प्रमुख बक्ता शर्माले
कार्यक्रममा प्रारम्भिक मस्यौदाको बारेमा जानकारी गराउनु भएको थियो । जनकारी गराउने क्रममा अध्यक्ष शर्माले सबिधानको प्रारम्भिक मस्यौदा मन चिन्ते झोला जस्तै भएको टिप्पणी गर्नु भएको थियो । यो सबिधानको मस्यौदामा मौलिख हक धेरै राखेकोले राज्यले त्यो ब्यबस्था गर्न सक्दैनकी भन्ने चिन्ता पनि रहेको बताउनु भयो । मस्यौदामा बिदेशीले पनि नागरिकता पाउन सक्ने खालको ब्यबस्था गरेकोले यस्तो नहुनु पर्ने बताउनु भयो । साथै युवाहरुको क्षेत्रमा मस्यौदा मौन रहेको पनि बताउनु भयो । कार्यक्रममा सहभागिहरुले आफ्नो बिचर तथा जिज्ञासा पनि राखेका थिए । कार्यक्रम युवा सञ्जाल बर्दियाका अध्यक्ष केशब टमटाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण युवा अभियान बर्दियाका बरिष्ठ कार्यक्रम संयोजक निराजन चौधरीले गनुभएको थियो ।
Comments
Post a Comment