पी सी एन
बर्दिया,२८असार। भब्य र सभ्यरुपमा गत जेठ २९गते सम्पन्न गरिएको खुला दिशामुक्त जिल्ला घोषणा कार्यक्रममा ८लाख ५५हजार रुपिया खर्च भएको छ ।
प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा खानेपानी तथा सरसरफाई स्वच्छता समिति बर्दियाका संयोजक स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले सांस्कृतिक टोली,अतिथीहरुलाई खाना नास्ता,सम्मान तथा मायाको चिनो प्रदान कार्यक्रम,मिडिया परिचालन,मञ्च व्यवस्थापन,माईकिंग,पम्फिलेटिंगमा शीर्षकमा सो रकमहरु खर्च भएको जानकारी दिनु भएको छ ।
खुला दिशामुक्त जिल्ला घोषणा कार्यक्रममा जिल्ला विकास समितिको तर्फबाट प्राप्त १लाख ५हजार रकम मध्ये टेण्ट व्यवस्थापनमा ५०हजार र नगरका बिभिन्न भागमा फोहोर फाल्ने कन्टेनर राख्न ५०हजार खर्च भएको छ । आई डी एस बाट प्राप्त २लाख रुपिया सम्मान र कदर पत्रमा खर्च भएको छ।
खुला दिशामुक्त जिल्ला घोषणा कार्यक्रमका लागि बेसले प्रदान गरेको ५० हजार मध्ये ३० हजार नृत्यमा र २० हजार खाजामा खर्च भएको छ।
खानेपानी तथा सब डिभीजन कार्यालयले प्रदान गरेको ३लाख ७हजार रकममा ब्याचमा २०हजार,क्षेत्रिय सरसफाई तथा स्वच्छता समितिको अनुगमनमा १लाख,नास्तामा ४०हजार,शुद्ध पिउने पानीमा १५हजार,खानामा १२हजार,माईकिंगमा ३५हजार,कार्ड छपाई र पम्फिलेटिंगमा २५हजार र मिडिया परिचालनमा ४०हजार खर्च भएको छ।
ईन्फोबाट प्राप्त १लाख रकम ४हजार ५सय शिलालेखमा टेन्टमा ९५हजार ५सय ,प्लानबाट प्राप्त ९३हजार मध्ये ५०हजार मायाको चिनोमा र ४३हजार गाडी भाडा र खाजामा खर्च भएको छ।
खुला दिशामुक्त जिल्ला घोषणमा युएन हेभिटेट का तर्फबाट ४००वटा क्याप बितरण गरेको छ ।
Comments
Post a Comment