पत्रकार कल्याण कोष स्थापनाका लागि जि वि स बर्दियाले रु २लाख सहयोग गरेकोमा प्रेस क्लब अफ नेपालद्वारा स्वागत
पी सी एन
बर्दिया,१साउन । बर्दिया जिल्लामा पहिलो पटक पत्रकार कल्याण कोष स्थापनाका लागि जिल्ला विकास समिति बर्दियाले रु २लाख रकम सहयोग गरेकोमा प्रेस क्लब अफ नेपालले स्वागत गरेको छ ।
पत्रकार
कल्याण कोष स्थापनाका लागि बर्दियाका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बिहीबार एक कार्यक्रमका बीच रु २ लाखको चेक नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष मिनराज शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
आफु अध्यक्ष रहदा जिल्ला स्तरमा पत्रकार कल्याण कोष स्थापना र भवन निर्माणका लागि नीतिगत व्यवस्था मिलाएकोमा पत्रकार कल्याण कोष स्थापनामा रकम सहयोग गरेर जि वि सले मिडिया क्षेत्रको विकासमा केही सकारात्मक कदम चालेको प्रेस क्लब अफ नेपालका सल्लाहकार एंव नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धिताललले बताउनु भयो ।
अभाव दवाब र प्रभावबाट मुक्त भई जनकेन्द्रित पत्रकारितामा लागि परेका बर्दियाका संचारकर्मीहरुलाई पत्रकार कल्याण कोष स्थापनाले पत्रकारिता गर्न थप उत्साह र उर्जा थपिएको र दुर्घटनामा पर्दा ,बिरामी हुंदा वा अन्य आर्थिक अप्ठयाराहरुमा पत्रकार कल्याण कोषबाट प्राप्त हुने सहयोग वा सापटीले ठूलो सहयोग पुग्ने प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरेले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्मा,निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धिताल, प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरे सहित बर्दियाका पत्रकारहरुले स्थानीय विकास अधिकारी र जिल्लास्थित राजनैतिक दलहरु संग पटक पटक भेट गरि पत्रकार कल्याण कोष स्थापना
र भवन निर्माणमा सहयोग गर्न अनुरोध गरेको थियो ।
पत्रकार
कल्याण कोष स्थापना गर्न रकम सहयोग गर्ने स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल र जि वि स परिवारलाई प्रेस क्लब अफ नेपालले हार्दिक धन्यवाद दिएको छ।
Comments
Post a Comment