पी सी एन
बर्दिया,१३साउन। जिल्ला वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समुहको पहलमा बुधवारदेखि बर्दियामा वन अतिक्रमण गरि बनाईएका घर टहरा भत्काउने क्रम
शुरु गरिएको छ।
बुधवार सहायक वन अधिकृत आनन्दप्रसाद शाहको
नेतृत्वमा जिल्लाको मगरगाडि
गाविस वडा नं ३स्थित पशुपति सामुदायिक वन अतिक्रमण गरि बनाईएका ५५वटा र पदनाह गाविस वडा नं ३र ४मा रहेको सृजनशील सामुदायिक वन अतिक्रमण गरि बनाईएका ४५वटा घर टहरा भत्काईएको छ । दुबै स्थानमा गरि ४५ बिगाह भन्दा बढि क्षेत्रफल सरकारी वन अतिक्रमणमा परेको
थियो।
वन अतिक्रमण गरि बनाईएका घर टहरा भत्काउन जिल्ला वन कार्यालयका सहायक वन अधिकृत आनन्दप्रसाद शाहको नेतृत्वमा ३०जना कर्मचारी र २सय भन्दा बढि वन उपभोक्ताहरु खटिएका थिए।
अन्यत्र घर जग्गा हुंदा हुदै पनि जानी जानी सरकारी वन र जग्गा अतिक्रमण गरि नियम बिपरीत घर टहरा बनाईएकाले वन ऐन नियम , अतिक्रमण नियन्त्रण कार्ययोजना र जिल्ला वन समन्वय समितिको निर्णय बमोजिम घर टहरा भत्काईएको सहायक
वन अधिकृत शाहले बताउनु भयो। अतिक्रमण हटाईएको
ठांउमा बृक्षारोपण गरिने
जिल्ला वन कार्यालयले जनाएको छ ।
Comments
Post a Comment