आर्थिक वर्ष ०७१∕०७२ मा जिल्ला विकास समितिको कार्यालय बर्दियाबाट भएका मुख्य मुख्य उपलब्धि र चुनौतिहरु
मुख्य मुख्य उपलब्धि
- वर्दिया जिल्लालाइ तराइकै पहिलो खुला दिशा मुक्त जिल्ला घोषणा ।
- कार्यालय हाताभित्र फोहर व्यवस्थापन गरिएको
- वगनाह र धधवार गाविसमा दुनाटपरी वनाउने तालिम र मेशिन प्रदान गरिएको
- कागज तथा कपडाको झोला वनाउने तालिम सञ्चालन
- वालमैत्री तथा वातावरणामैत्री स्थानिय शासन कार्यन्वयनको लागि ५ गाविसहरूमा (ढोढरी,धधवार, मैनापेखर, कालिका र महम्मदपुर) कार्य योजना शुरू गरिएको
- लेखा व्यवस्थापनका लागि गाविस सचिवहरूलाइ ७ दिनको ब्अअयगलतष्लन क्यातधबचभ सम्वन्धि तालिम सञ्चालन
- गाविस सचिवलाइ सूचनाको हक सम्वन्धि तालिम
- आन्तरिक आयमा वृदि , गत आ.वमा १ करोड ८ लाख भएकोमा यस आ.वमा १ करोड ७० लाख, यस वर्षमा ६० लाख आयमा वृदि
- करिव ७ करोड वेरूजु फर्छयौट गरिएको
- यस आ.वमा २३ लाख ४७ हजार ८ सय ५७ रकम वक्यौता असुली गरीएको
- २०५६ सालदेखि लिलाम नभइ स्टोरमा रहेका पुराना जिन्सी सामाग्रीहरूको लिलाम विक्री गरिएको
- सेवाग्राहीको लागि सहज र छिटो छरितो सूचना प्रवाहको गर्न डिजिटल सूचना पाटी सञ्चालनमा ल्याइएको
- कार्य सम्पादनलाइ प्रभावकारी वनाउन गाविस सचिवहरू र जिविसविच कार्यसम्पादन सम्झौता सम्पन्न भएको
- तारातालको पर्यटन गुरू योजना तयार गरिएको तथा समग्र जिल्लाको पर्यटन विकासको लागि पहल शुरू गरिएको ।
- थारू जातिको वशंणुगत रोग सिकलसेल एनेमियाको नियन्त्रणको लागि स्वास्थ्य कार्यालय मार्फत एक लाख आर्थिक सहयोग गरिएको
- बर्दिया जिल्लाको प्रथम आवधिक जिल्ला विकास योजना निर्माण सम्पन्न भएको छ
- जिल्ला उद्धम विकास रणनीतिक योजना तयार भएको
- सार्वजनिक शौचालयको निर्माण गरिएको स्भादा घाट, शितलावजार र ताराताल
- लापा कार्यक्रमवाट कृषकलाइ कृषी अवलोकन भ्रमण गराइएको
- राजनितिक दल,पत्रकार तथा अन्य सरोकासवालाहरूबाट विभिन्न चरणमा जिविसका योजनाहरूको अनुगमन भएको
- वडा नागरिक मञ्चको पुर्नगठन भएको, नागरिक सचेतना केन्द्रको विस्तर गर्ने प्रक्रिया शुरू भइसकेको।
- जिल्ला तह तथा गाविस तहमा सि एफ एल जी ई एफ एल जी विषयमा अभिमुखिकरण सम्पन्न भइ यसको कार्यान्वयन गर्ने प्रयास थालनी भएको छ । त्यसैगरी घुम्ति शिविरमा चेपाङ र पशुपतिनगरमा वालविवाह र वालमैत्री स्थानीय शासन सम्वन्धि अनुशिक्षण आयोजना गरिएको ।
- जिल्लाको आन्तरिक आय वृद्धि गर्न १० वटा घाटको आईईई सम्पन्न गरी नदीजन्य वस्तु (ढुंगा गिट्टी बालुवा)को निकासी प्रवन्धको लागि ठेक्कापट्टा व्यवस्था गरिएको छ र थप ७ वटा घाटमा पनि आई ई ई गर्ने व्यवस्था गरिएको छ ।
- सेवाग्राहीको सहजताका लागि शुक्रबार पनि अन्य दिन सरह पूरा दिन कार्यालय संचालन गर्न थालिएको छ ।
- जिविस भवन अगाडिको पार्कलाई हालै व्यवस्थित गरी सुन्दर ग्रीन पार्कमा रुपान्तरण गरिएको छ ।
- जिविस परिसरलाई प्लास्टिक झोला मुक्त क्षेत्र घोषणा गरिएको छ
- जविसको वातावरण उर्जा तथा जलवायु परिवर्तन शाखाको अगुवाइमा सुधारिएको चुल्हो कार्यक्रमको थालनी भएको छ ्र
- ४० जना महिलाहरुका लागि लोकसेवाको तयारी कक्षा संचालन गरिएको छ
- सूचना शाखाको प्रबर्धन गरी समन्वय अभिवृद्धिका लागि एन जी ओ डेस्क स्थापना गरिएको छ ्र
- सूचना शाखालाई व्यवस्थित गरी पुस्तकालयको रुपमा स्थापित गरिएको छ
- सूचना प्रबाहको लागि ग्रुप एस एम एस गरी समयमै जानकारी गर्ने गरिएको छ
- जिविस को वेबसाईड ddcbardiya.gov.np तथा facebook पेज facebook.com/ddcbardiya मार्फत जिविसका गतिविधिहरु सार्वजनिक गर्ने गरिएको छ साथै गुनासो सुनुवाइ तथा व्यवस्थापनका लागि हेलो जिविस वर्दिया फेसवुक पेज वनाइएको helloddcbardiya
- अडियो नोटिस बोर्ड सेवा मार्फत सूचनाहरुको प्रबाह गर्ने गरिएको छ । सूचनाहरु मोबाइल तथा ल्यान्डलाईन बाट १६१८०८४४२०१४४ मा डायल गरी सुन्न सकिन्छ
- ३.५ के.भि पावरको सोलार जडान गरिएको
जिल्ला विकास समिति बर्दियाका चुनौतीहरु
- समयमा बजेट तथा कार्यक्रमहरु प्राप्त नहुनाले योजना कार्यन्वयनमा ढिलाई हुनु
- आर्थिक वर्षको अन्त्यमा अख्तियारी प्राप्त हुनु
- उपभोक्ता समितिहरु संग समयमा सम्झौता हुन नसक्नु
- आयआर्जन मुलक किसिमका योजनाहरु छनौट भएर आउन नसक्नु
- पर्यटन प्रबर्धन गर्ने किसिमका योजनाहरु छनौट नहुनु
- सिपमुलक किसिमका क्षमता अभिवृद्धि हुने खालका योजना छनौट भई आउन नसक्नु
- राजनैतिक अगुवाहरू उपभोक्ता समितिमा रहनु
- प्राकृतिक प्रकोपको कारण भौतिक पूर्वाधारमा क्षति
- कतिपय वस्तीमा जनताको आफ्नो जग्गा नहुनु
थप जानकारीका लागि
डिल्लीराम सिग्देल
स्थानीय विकास अधिकारी
तथा
जिल्ला विकास समितिको कार्यालय परिवार
बर्दिया गुलरिया
www.ddcbardiya.gov.np
सम्पर्क नंः९८५८०२४४८४,०८४—४२०१३९
पैसा नलाग्ने फोन —१६१८०८४४२०१४४
धन्यवाद !!!
(प्रेस क्लब अफ नेपाल र जि वि स द्धारा जनहितमा जारि सन्देश)
Comments
Post a Comment