बुधवार रातीदेखिको अविरल बर्षाका कारण बर्दिया जिल्लाका धेरैजसो गांउबस्तीहरु जलमग्न एंव डुबानमा

पी सी एन
बर्दिया,३२असार।  बुधवार रातीदेखिको अविरल बर्षाका कारण बर्दिया जिल्लाका धेरैजसो गांउबस्तीहरु जलमग्न एंव डुबानमा परेका छन्।
 बर्षाका कराण स्थानीय खोला तथा नालाहरुमा पानीको सतह बढन मगरागाडी, नेउलापुर ुर्यपटुवा, बानियाभार, बगनाहा, पाताभार, गोला गा.वि. ,बाँसगढी तथा गुलरिया नगरपालिका केही वडाहरु डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको
मगरागाडीको वडा नं. , , , नेउलापुरको रानिपुर, आम्वासा, तिनघरुवा, नेउलापुर गाँउ बाँसगढीको ककौरा, धधवारको वडा नं. , सुर्यपटुवाको वडा नं , पर्ने धेरैजसो घरहरु डुबानमा परेका छन्।
बिहीबार विहानसम्म पनि अविरल बर्षा भई रहेको हुदा अन्य स्थानहरु पनि डुव्ने सम्भावना भएका स्थानहरु खालि गर्न डुवान भएका स्थानहरुमा उद्धार कार्यका लागि सम्पुर्ण महानुभावहरुमा  प्रशासनले आग्रह गरेको
 कर्णाली नदिमा पानीको सतह अहिले .८२ मिटर बबई नदीमा .६मीटर रहेको भन्दै प्रशासनले सवैमा सतर्कता अपनाउन अनुरोध गरेको कर्णालीमा नदी  १० मिटर बबई नदिमा  . मिटर पानीको सतह भएमा खतरा मानिन्छ।
 प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरको सम्पर्क नम्बर ९८५८०३७७७७   ०८४४२०१३३,सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको सम्पर्क नम्बर ९८५८०२७२७१,प्रशासकीय अधिकृत डिल्लीराम आचार्यको सम्पर्क नं ९८४८०२८३०९,प्रहरी उपरिक्षक गोविन्द परियारको  ९८५८०३५५५५ ,सशस्त्र प्रहरी उपरिक्षक प्रदिपकुमार पालको ९८५१२७२११८ प्रमुख सेनानी संजिव सिंह सिंजापतीको मोबाईल नम्बर ९८४१६७७५४० मा सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले अनुरोध गर्नुभएको छ।

उता स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले पनि  पनि भारी वर्षा भैरहेको हुदाँ नदिहरुमा पानीको बहाब बढ्न गई बाढी आउन सक्ने प्रबल सम्भावना भएकाले जिल्लाबासीहरुलाई सजग पुर्व तयारी अवस्थामा रहन अनुरोध गर्नुभएको

Comments