लगातारको बर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह खतराको सतह नजिक ,नदी छेउछाउका बासिन्दाहरुलाई सर्तक रहन प्रशासनको आग्रह
पी सी एन
बर्दिया,३२ असार । बुधबार बेलु्का देखिको लगातारको बर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह खतराको सतह नजिक
रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दिया एवम जिल्ला दैवी प्रकोप उद्धार समितिले
नदी छेउछाउका बासिन्दाहरुलाई सर्तक रहन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी एवम जिल्ला दैवी प्रकोप उद्धार समिति बर्दियाका अध्यक्ष बिनोदबहादुर कुँवरले स्थानीय संचार माध्यमलाई
बिहीबार बिहान एक सन्देश सम्प्रेषित गरि बबईमा पानीको सतह ४दशमलव ६ र कर्णाली नदीमा
पानीको सतह ६.८ मिटर पुगेको भन्दै नदी छेउका
बासिन्दालाई सर्तकर्ता अपनाउन अनुरोध गरेको हो । बबईमा पानीको सतह ६ मीटर पुग्नु र
कर्णालीमा १०मिटरलाई पुग्नुलाई खतरापुर्ण मानिन्छ ।
प्रमुख जिल्ला अधिकारी एंव जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष
कुंवरले आकस्मिक स्थितिमा नजिकको प्रहरी इकाई वा संचार माध्यमहरुमा फोन गर्न आग्रह
गर्नुभएको छ । प्रहरी वा संचारमाध्यमहरुमा चितm नबुझे आकस्मिक स्थितिमा प्रमुख जिल्ला अधिकारीको मोबाईल
नम्बर ९८५८०३७७७७,प्रहरी उपरीक्षक को मोबाईल नम्बर ९८५८०३५५५५,नेपाल रेडक्रसको मोबाईल
नम्बर ९८४८०३२७४९,९८५८०३२७४९ र आपतकालिन कार्य
संचालन केन्द्र गुलरियाको मोबाईल नम्बर ९८५७८९०६९९
मा पनि फोन गर्न सर्वसाधरणहरुलाई अनुरोध गर्नुभएको छ ।
यसैबीच लगातारका बर्षाले बर्दियामा धेरैजसो घरहरु जलमग्न रहेका छन् ।
रेडक्रस
जिल्ला शाखा बर्दिया सदस्य अर्जुन सुबेदीका अनुसार दाङमा पानी परिरहेकोले बबई नदीमा
पानीको सतह अझै बढन सक्ने भन्दै बर्दिया जिल्लावासीले सजकता अपनाउनु पर्ने अवस्था रहेको बताउनु भएको छ । ।दांगबाट बर्दियामा पानी
आउन करीब १८ घन्टा लाग्ने भयकाले सचेत रहौं उहाको भनाई छ । जलमापन केन्द्र चेपांगमा
४.६मीटर रहेको बबई नदी गुलरिया नेपालगंज सडकखण्डको भादापुलमा ८ मिटर पुगेको छ । ९ मिटर
पुगेमा गुलरिया नगरपालिकाका केही गांउहरुमा नदी पस्ने खतरा रहन्छ ः सदस्य सुबेदीले
भन्नुभयो ।
Comments
Post a Comment