लगातारको बर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह खतराको सतह नजिक ,नदी छेउछाउका बासिन्दाहरुलाई सर्तक रहन प्रशासनको आग्रह

पी सी एन
बर्दिया,३२ असार बुधबार बेलु्का देखिको लगातारको बर्षाका कारण  बबई कर्णाली नदीमा पानीको सतह खतराको सतह नजिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दिया एवम जिल्ला दैवी प्रकोप उद्धार समितिले नदी छेउछाउका बासिन्दाहरुलाई सर्तक रहन अनुरोध गरेको
प्रमुख जिल्ला अधिकारी एवम जिल्ला दैवी प्रकोप उद्धार समिति बर्दियाका  अध्यक्ष बिनोदबहादुर कुँवरले स्थानीय संचार माध्यमलाई बिहीबार बिहान एक सन्देश सम्प्रेषित गरि बबईमा पानीको सतह ४दशमलव कर्णाली नदीमा पानीको सतह .  मिटर पुगेको भन्दै नदी छेउका बासिन्दालाई सर्तकर्ता अपनाउन अनुरोध गरेको हो बबईमा पानीको सतह मीटर पुग्नु कर्णालीमा १०मिटरलाई पुग्नुलाई खतरापुर्ण मानिन्छ
प्रमुख जिल्ला अधिकारी एंव जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष कुंवरले आकस्मिक स्थितिमा नजिकको प्रहरी इकाई वा संचार माध्यमहरुमा फोन गर्न आग्रह गर्नुभएको प्रहरी वा संचारमाध्यमहरुमा चितm नबुझे  आकस्मिक स्थितिमा प्रमुख जिल्ला अधिकारीको मोबाईल नम्बर ९८५८०३७७७७,प्रहरी उपरीक्षक को मोबाईल नम्बर ९८५८०३५५५५,नेपाल रेडक्रसको मोबाईल नम्बर   ९८४८०३२७४९,९८५८०३२७४९ आपतकालिन कार्य संचालन केन्द्र गुलरियाको मोबाईल नम्बर  ९८५७८९०६९९ मा पनि फोन गर्न सर्वसाधरणहरुलाई अनुरोध गर्नुभएको
यसैबीच लगातारका बर्षाले बर्दियामा धेरैजसो घरहरु जलमग्न रहेका छन्

Comments