प्रेस स्वतन्त्रतामा कुनै सम्झौता नहुने कांग्रेस महामन्त्री एंव संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाको भनाई

पी सी एन
बर्दिया,२साउन। नेपाली काँग्रेसका महामन्त्री एवम् संविधान सभा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रदेशको संरचना बिनाको संविधान जारी गर्न सम्भव नभएको बताउनुभएको नेपाल प्रेस युनियनद्वारा आयोजित संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफल कार्यक्रममा महामन्त्री सिटौलाले नयाँ बन्ने संविधान अनुसार राष्ट्रपति, उपराष्ट्रपति तथा राष्ट्रिय सभाको निर्वाचन गर्न पनि प्रदेशको संरचना अनिवार्य हुने जानकारी गराउनुभयो
प्रेस स्वतन्त्रता जनताको सूचनाको हकमा कुनै सम्झौता नहुने बताउँदै महामन्त्री सिटौलाले मस्यौदामा रहेका प्रेस स्वतन्त्रातासम्बन्धी त्रुटि सच्चाउन लिखित सुझाव दिनका लागि सञ्चारकर्मीलाई आग्रह गर्नुभयो लामो छलफल बहसपछि विभिन्न विचार तथा आदर्श बोकेका राजनीतिक दलबीचको सहमतिमा मस्यौदा आएको अवगत गराउँदै नेता सिटौलाले मस्यौदामा रहेका त्रुटिमा अन्तिम विधेयक तयार भई छलफल हुन्जेल सच्चाउन सकिने बताउनुभयो
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् मस्यौदा समितिका सदस्य गगनकुमार थापाले मुलुकमा सात दशक लामो सङ्घर्ष बहसपछि संविधान जारी हुँदै गर्दा नेपाली काँग्रेसको राजनीतिक विचार विजय हुने चरणमा पुगेको बताउनुभयो। संविधान जारी भएको महिनाभित्र स्थानिय निकायको चुनाव गराउने कुरामा एमाओवादीको बिरोधलाई एमालेले समर्थन जनाएको तथा संविधान जारी गरेको एक महिनाभित्र नयाँ प्रधानमन्त्रीको चुनाव गर्ने प्रावधानलाई परिवर्तन गरेर एक हप्तामा ल्याउन एमालेको प्रस्तावलाई एमाओवादीले समर्थन जनाएर दुई राजनीतिक दलबीच मोलमोलाई मएको उल्लेख गर्दै थापाले यो हतारो मोलमोलाईले संविधान घनिभुत छलफल नभइ हतारोमा जारी गर्न खोजिएको अनुभुति जनस्तरमा शुरु भएको बताउनुभयो।यद्यपी काँग्रेसले लोकतन्त्रको आधारभुत मूल्य, मान्यता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कुनै सम्झौता गर्दैन। वहशमा आएका बिषयहरुको गाम्भिर्यता हेरेर ति विषयलाई नसच्चाइकन संविधान जारी गर्ने पक्षमा काँग्रेस हुँदैन।”, उहाँले भन्नुभयो
सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले सञ्चारकर्मीले प्रेस स्वतन्त्रताको माग गर्दा जनताको सूचनाको हकलाई पनि नबिर्सन आग्रह गर्दै लोकतन्त्र कागजमा भन्दा पनि जनताले व्यवहारमा आत्मसात् गर्नुपर्ने बताउनुभयो
युनियनका पूर्वअध्यक्ष एवम् राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न सम्भव छैन भन्दै युनियनले प्रेस स्वतन्त्रताका साथै अन्य विषयमा समेत सुझाव दिनुपर्ने बताउनुभयो
नेपाल पत्रकार महासङ्घ पूर्वसभापति डा सुरेश आचार्यले नयाँ बन्ने संविधानको मस्यौदामा दलहरुले प्रतिबन्धात्मक वाक्य थपेर प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाउनुभयो महासङ्घका पूर्वसभापति तारानाथ दाहालले प्रेस स्वतन्त्रतामा कन्जुस्याइँ गर्नु भनेको प्रजातन्त्रमाथिकै अङ्कुश हुने बताउनुभयो

कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, युनियनका अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष मुरारीकुमार शर्मा, युनियनका उपाध्यक्ष ईश्वरी ओझा, महासचिव अजयबाबु शिवाकोटी कोषाध्यक्ष सरोज अधिकारी तथा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झाले पूर्णप्रेस स्वतन्त्रता बिनाको संविधान लोकतान्त्रिक हुन नसक्ने धारणा राख्नुभयो

Comments