पी सी एन
बर्दिया,५साउन । संघीय समाजवादी पार्टीका सभासद काशीम अलि सिद्धिकीको बहिष्कार ,नेत्र विक्रम चन्द निकट ने क पा माओवादीको अवरोध र राप्रपा नेपलको नाराबाजी बीच बर्दियाका चार वटै निर्वाचन क्षेत्रमा संविधानसभाका
सदस्यहरुले प्रारम्भिक मस्यौदाबारे सुझाव लिन सभासदले जनतासँग गरेको प्रत्यक्ष सामूहिक छलफल कार्यक्रम शान्तिपुर्ण र सौहार्दपुर्ण वातावरणमा सोमवार सम्पन्न भएको छ ।
नेकपा माओवादी नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले सानोश्रीताराताल नगरपालिकाको कुसुम्बजारमा आयाजित कार्यक्रममा संविधानको मस्यौदा बारे सुझाव दिने क्रममा मस्यौदा च्यातने धम्की दिएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । आफुहरुले मस्यौदा च्यात्ने धम्की दिएपछि कांग्रेस ,एमाले कार्यकर्ताले आफुहरुमाथि आक्रमण गरेको जिल्ला संयोजक नवीनले बताए। प्रहरीले जिल्ला संयोजक नवीन,युवा संयोजक विष्णु परियार शतिm र जिल्ला कार्यसिमिति सदस्य अजीतलाई नियन्त्रणमा लिई केही बेरपछि छाडेको थियो । सोही कार्यक्रममा रा प्र पा नेपालका कार्यकर्ताहरुले संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने मांग राख्दै नाराबाजी गरेका थिए।
संविधानको मस्यौदामाथिको सोमबारको सुझाव संकलनमा बर्दियाका चारवटै निर्वाचन क्षेत्रका जनताले लिखित, मौखिक र सामुहिक रुपमा सुझाव दिएका छन्।
क्षेत्र नं १को बासंगढीमा ,क्षेत्र नं २को जयनगरमा ,क्षेत्र नं ३को कुसुम्बाबजार र क्षेत्र नं ४को राजापुरमा आयोजित कार्यक्रममा जनताले सभासदहरुसंग प्रत्यक्ष रुपमा भेटेर लिखित र मौखिक रुपमा आफ्ना राय सुझाव दिएको प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवर जानकारी दिनुभयो ।
क्षेत्र नं १मा सभासदहरु श्याम ढकाल र निर्मप्रकाश सुवेदी,क्षेत्र नं२मा संजय गौतम,लिला मगर र गोपाल दहित ,क्षेत्र नं ३मा सन्तकुमार थारु, क्षेत्र नं ४मा मानबहादुर थारु नेपालको संविधान २०७२को मस्यौदा बारे जनतासँग गरेको प्रत्यक्ष सामूहिक छलफल कार्यक्रममा सामेल हुनुहुन्थयो ।
बर्दियाको क्षेत्र नं १मा आयोजित कार्यक्रममा २सय ५०जनाले ,क्षेत्र नं २मा आयोजित कार्यक्रमा १सय जनाले, क्षेत्र नं ३मा २सय ५० जनाले र क्षेत्र नं ४को कार्यक्रममा ८६जनाले नेपालको संविधान २०७२को मस्यौदा माथि लिखित सुझाव दिएका छन् ।
क्षेत्र नं १को कार्यक्रममा ३सय भन्दा बढि,क्षेत्र नं २को कार्यक्रममा ४सय जति ,क्षेत्र नं ३को कार्यक्रममा ८सय जति र क्षेत्र नं ४को कार्यक्रममा १सय ६०जनाको उपस्थिति रहेको सुझाव संकलनका लागि खटिएका कर्मचारीहरुले बताएका छन्।
संविधान सभा नागरिक सम्बन्ध तथा संविधान उपसमितिका शाखा अधिकृत कान्छा दुलालले हाससम्मको कार्यक्रम अत्यन्तै सौहादपुर्ण,शान्तिपुर्ण र सफल रहेको भन्दै आज मंगलबार साउन ५गते बिहान १० बजे जि वि स हल बर्दियामा आयोजित जिल्लास्तरीय एकीकृत कार्यक्रममा सरिक हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।
Comments
Post a Comment