जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको औलौ कालाजार,हाती पाईले ,डेंगु जापानीज ईन्सेफलाईटिस जस्ता रोगहरुबाट बच्ने उपायहरु बारेको सन्देशमुलक सुचना
·
घर वरिपरि पानी जमेका खाल्डाखुल्डीहरु पुरौं ।
·
आफु र बच्चा समेत झुलभित्र सुतौं ।
·
घर आंगन सधै सफा राखौं ।
·
घरवरिपरिका खाल्डाखुल्डी पुरेर पानी जम्न नदिऔ ।
·
पूरा बाहुला र शरिर ढाक्ने लुगा लगाऔं वा शरिरको खुल्ला भागमा लामखुट्टे भगाउने मल्हम लगाऔं ।
·
प्लाष्टिक तथा टिनका बट्टाहरु ,टायर, गमला तथा कुलरमा पानी जम्न नदिऔं ।
·
लामखुट्टे मार्न घरभित्र औषधी छर्कने कार्यमा स्वास्थ्यकर्मीलाई सहयोग गरौं ।
यी रोगहरु लागेको शंका लागेमा निःशुल्क गरिने जांच र उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जाऔं।
नेपाल सरकार
स्वास्थ्य तथा जनसख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा ,सुचना तथा सञ्चार केन्द्र टेकु
तथा
जिल्ला स्वास्थ्य कार्यालय बर्दिया
फोन नम्बर ०८४ —४२००२७
जिल्ला स्वास्थ्य कार्यालय र प्रेस क्लब अफ नेपालले
जनहितमा जारि सन्देश
Comments
Post a Comment