स्वतन्त्र तराईको पक्षमा अभियान चलाईरहेका ३जना कार्यकर्ता बर्दियामा पक्राउ

पी सी एन
बर्दिया,१३साउन। स्वतन्त्र तराईको पक्षमा अभियान चलाईरहेका सि के राउतका ३जना कार्यकर्तालाई बर्दिया प्रहरीले बुधबार दिउंसो पक्राउ गरेको
महम्मदपुर गाविसका वडा नं ८स्थित भैसाही गांउमा रहेको शिव मन्दिरमा स्वतन्त्र मधेशका पक्षमा जनचेतनामुलक कार्यक्रम गरिरहेका बखत उनीहरुलाई पक्राउ गरिएको हो
पक्राउ पर्नेमा स्वतन्त्र मधेश गठबन्धनका प्रपक्ता अब्दुल खान,बांके संयोजक ईरफान शेष सप्तरी संयोजक बि जी चौधरी रहेको स्थानीयले बताएका छन् पक्राउ परेका उनीहरुबाट स्वतन्त्र मधेश गठबन्धनको पर्चा,ल्यापटप,किताबहरु समेत फेलाफोला पारिएको प्रहरीले जनाएको

पक्राउ परेका उनीहरुसंग आवश्यक सोधपुछ भईरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले बताउनु भयो।

Comments