तालिम तथा बिपन्न महिलाहरुलाई बाख्रा बितरण ।।

                                                        क्षितिज पौडेल बाँसगढी, बर्दिया, असार २३
बर्दिया बाँसगढी नगरपालीको डेउढाकलामा २ दिने क्षमता अभिबृदि तथा कानुनी सचेतना तालिम बुधबार सम्पन्न भएको छ । आर्यआर्जनका लागी महिला सशक्तिकरण कार्यक्रमको आयोजनामा सो तालिम सञ्चालन भएको हो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले आफुले अपेक्षा गरका कुराहरु भरपुर रुपले सिकन पाएको भन्दै आयोजक कमिटीलाई धन्यवाद तथा सुभकामना दिर्दै यस्ता कार्यक्रमहरु अझै थप गनुपर्ने कुरामा जोड दिएका थिए । तालिममा साबिक डेउढाक लाका ५१ जना महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण महिला अधिकारकर्मी तथा समाज सेबी जुना खड्काले गरेकी थिईन । यो भन्दा अगाडी पनि बाँसगढी नगरपालीका वडा नम्बर ११ माछागढ चिसापानी चोकमा सोही बिषय क तालिम सम्पन्न भईसकेको छ । त्यस्तैै महिला सशक्तिकरण कार्यक्रम अन्तगर्त बाँसगढी नगरपालीका वडा ६ को आयोजनामा साबिक डेउढाकलाका वडा ९ वटै वडाबाट छनोट भएका बिपन्न बर्गका ११ जना महिलालाई ११ वटा बाख्रा बितरण गरिएका हो । दुई दिने आर्यआर्जन तालिम पश्चात सो बाख्राहरु बितरण गरिएको हो । बाख्रा बितरण कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, समाज सेबी, बुद्धिजिबी, सञ्चारकर्मी लगायतको सहभगीता रहेको थियो । 





Comments