महामानव वी. पी. कोइरालाको ३३औं स्मृति दिवस बर्दियामा सप्ताहब्यापी कार्यक्रम गरि भब्य र सभ्य रुपमा मनाईयो
पी सी एन
बर्दिया,९साउन । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री महामानव विश्वेश्वरप्रसाद
कोइरालाको ३३औं स्मृति दिवस बर्दियामा सप्ताहब्यापी कार्यक्रम गरि भब्य र सभ्य रुपमा मनाईएको छ ।
वि स २०३७ साल साउन ६ गते दिवङ्गत हुनु भएका जननायक बि.पि. कोइरालाका ३३औें स्मृति दिवसको अवसरमा बर्दियामा नेपाली कांग्रेस जिल्ला कार्य समिति तथा नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिले बिचार गोष्ठी,अन्तरकृया,बृक्षारेपण र फलफुल बितरण लगायतका कार्यक्रमहरु गरेको छ।
नेपाल बिद्यार्थी संघका जिल्ला कार्य समिति बर्दियाले आयोजना गरेको बिचार गोष्ठीमा अधिकांश वक्ताहरुले संविधानको वर्तमान मस्यौदा जननायक वी पी कोईरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादमा आधारित नभएको भन्दै मस्यौदालाई संशोधन गरि बहुलवादमा आधारित र नेपाललाई आर्थिक रुपमा समृद्धशाली बनाउने किसिमको नीति निर्देशक सिद्धान्त सहितको संविधान जारि गर्न सुझाव दिएका थिए।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्मा,नेपाली कांग्रेस बर्दियाका सभापति एंव सभासद संजयकुमार गौतम,नेपाली कांग्रेस बर्दियाका सचिव तेजबहादुर भाट,निवर्तमान सचिव बिद्याप्रसाद खनाल,प्राध्यापक संघका सभापति राजेन्द्रप्रसाद धिताल,प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,महिला सघका जिल्ला अध्यक्ष सुशीला गिरी लगायतले धारणा राख्नु भएको थियो।
३३औ वी पी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस बर्दियाले गुलरियामा बिचार गोष्ठीको आयोजना गरेको थियो। नेपाली कांग्रेस बर्दियाका सचिव तेजबहादुर भाटको अध्यक्षता र पुराना कांग्रेसी नेता खेटराज पोखरेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा नेपाली कांग्रेसका अंचल सदस्य मिश्रीलाल यादव,जिल्ला सदस्य मुलचन्द्र यादव,महासमिति सदस्य प्रेम सुनार,प्राध्यापक संघका सभापति राजेन्द्रप्रसाद धिताल लगायतले बोल्नु भएको थियो ।
वी पी स्मृति दिवसको अवसरमा गुलरियाको कोटही मन्दिर तथा बबई बहुमुखी क्याम्पस परिसर र कोहलपुरको वागेश्वरी बहुमुखी क्याम्पस परिसरमा बृक्षारोपण समेत गरिएको ने वि संघका नेता भोलानाथ शर्माले जानकारी दिनुभयो ।
Comments
Post a Comment