पी सी एन
बर्दिया,१३साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तस्वीर लिन खोज्ने कुनै सञ्चारकर्मी विशेष माथि आयोग सुरक्षाकर्मीले दुव्र्यवहार नगरेको जनाएको छ ।
मोटर साईकलमा सवार संचारकर्मीले मोटरसाईकल रोकेर तस्वीर लिईरहँदा ट्राफिकजाम, सम्भावित दुर्घटना र सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै आयोग सुरक्षाकर्मीले मोटरसाईकल किनारा लगाउन खोज्दा पत्रकारले उल्टै सुरक्षाकर्मी माथि हातपात गरेको आयोगले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ ।
आयोग, स्वस्थ्य र व्यवसायिक पत्रकारिताको सर्वथा उच्चसम्मान गर्ने जनाउदै व्यवसायिक कलमजीवि मित्रहरु संग सर्वथा सहकार्यका निम्ति तत्पर रहेको अख्तियारले जनाएको छ ।
पत्रकारिताका आवरणमा अराजकता, छुद्रता र चरित्रहत्या जस्ता प्रवृतिको भने आयोग जोडदार भत्सर्ना गर्दछ विज्ञप्तीमा भनिएको छ। अझ घटना सम्वद्ध अर्को पक्षको अभिमत र धारणालाई स्थान नै नदिई विल्कुल एक पक्षीय समाचार सम्प्रेषण गर्नु पत्रकारिताको धर्म र मर्मको उपहास रहेको आयोगले जनाएको छ।
Comments
Post a Comment