पत्रकार सन्दिप योगीलाई बिना शर्त जागिरमा पुर्नबहाली गर्नुपर्ने, नेपालमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता , सुशासन र अख्तियार सदुपयोगको स्थिति अझैपनि कमजोर रहेको

पी सी एन
बर्दिया,१३साउन। प्रेस क्लब अफ नेपालले सोमबार दिउँसो पौन दुई बजे नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट अगाडीको सडक जामबारे फोटो खिच्न खोज्दा पत्रकार सन्दिप योगीमाथि प्रहरीले गरेको हातपातले नेपालमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता , सुशासन अख्तियार सदुपयोगको स्थिति अझैपनि कमजोर रहेको आभाष दिलाएको बताउदै प्रेस जगतलाई कानुनी हिसाबले मजबुत बनाउन पत्रकारको भौतिक,पेशागत आर्थिक सुरक्षामा विशेष ध्यान दिन सरकारसंग आग्रह गरेको उसले घटना बारे सत्य तथ्य बुझि घटनामा संलग्न दोषि सुरक्षाकर्मीलाई नियम बमोजिम आवश्यक कारवाही नेपाल सरकारसंग मांग गरेको
सन्देशमा पत्रकार सन्दिप योगीलाई बिना शर्त जागिरमा पुर्नबहाली गर्न समेत ईमेज व्यवस्थापनसंग मांग गरिएको  
राष्ट्रियता,सुशासन,पारदर्शी,मानव अधिकार प्रेस स्वतन्त्रता लोकतन्त्र सफलताको आधार स्तम्भ भएको जनाउदै प्रेस क्लब अफ नेपाललले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्न सरकार तिनका अंगहरुलाई आग्रह गरेको

सन्देशमा पत्रकार योगीको क्यामेरा खोस्ने, सडकमा रोकिराखेको मोटरसाइकल क्यामेराको ब्याग समेत नियन्त्रणमा लिँदै आयोगको कार्यालय भित्र लग्ने पत्रकार योगीलाई समेत आयोगको कम्पाउण्ड भित्र जबरजस्ती लैजान खोजेर दुव्र्यवहार गर्न खोज्नु कानुन बिपरीतको अशोभनीय कार्य भएको बताईएको

Comments