२७औं विश्व जनसंख्या दिवस २०१५ बर्दियामा बिविध कार्यक्रम गरि मनाईदै

पी सी एन
बर्दिया,२६असार जोखिमका जनसंख्यालाई सहयोग गरौं विपद्मा नव निर्माण उर्जा बनौं भन्ने नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले २७औं विश्व जनसंख्या दिवस २०१५ बर्दियामा बिविध कार्यक्रम गरि मनाएको
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत बृषबहादुर शाहीको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मी,प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरे,जनस्वाथ्य अधिकृत सुनिलकुमार पाण्डे,फोकल पर्सन नविन मिश्र,बर्दिया मेडिकल ईन्स्तिच्युटका प्रबन्ध निर्देशक सुधाकर मिश्रले जनसंख्या दिवसको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो

कार्यक्रमका अधिकांश बक्ताहरुल नेपालमा   महिला ,बालबालिका ,किशोरकिशोरी बृद्धबृद्धाहरुकले स्वास्थ्य तथा सामाजिक विविध खाले जोखिमहरुको सामना गरिरहेकोमा हाल आएर भुकम्पका कारण सिंगो जनसख्या नै प्रभावित भएकाले दुबै खाले जोखिमलाई मध्यनजर राख्दै सरकारी गैर सरकारी निकायबाट कार्यक्रमहरु संचालन गर्नुपर्ने धारणा राख्नु भएको थियो।
बर्दियामा बाढीको जोखिममा रहेका नजसंख्यालाई उचित सम्बोधन हुने किसिमले कार्ययोजना संयन्त्र बनाई अघि बढनु पर्ने उंहाहरुको भनाई थियो कार्यक्रमका सहभागीहरुले जिल्ला स्वास्थ्य कार्यालयले जनसंख्या व्यवस्थापनमा संचालन गरेको कार्यक्रमको प्रशंसा गर्दे आगामी दिनमा अझ प्रभावकारी रुपले काम गर्न शुभकामना एंव सुझाव दिनु भएको
कार्यक्रममा भुकम्प परि ज्यान गुमाएकाहरु प्रति एक  मिनेट मौनधारण समेत गरिएको थियो सन् १९८७ को ११जुलाईमा विश्वको जनसंख्या ५अर्ब पुगेपछि संयुक्त राष्ट्रसंघले संगठनले सन् १९८९देखि ११ जुलाईलाई विश्व जनसंख्या दिवसको रुपमा मनाउन थालेको हो

जनसंख्या दिवसको अवसरमा बर्दियाको डेउढाकलामा बृद्धबृद्धाहरुका लागि स्वास्थ्य शिविर कार्यक्रम संचालन गर्ने केही बृद्धबृद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको फोकल पर्सन नवीन मिश्रले जानकारी दिनुभयो।

Comments