पी सी एन
बर्दिया,२१असार । जिल्ला प्रशासन कार्यालय बर्दिया एवम जिल्ला दैवी प्रकोप उद्धार समितिले बबई नदीमा पानीको सतह बढि खतराको सतह नजिक रहेको भन्दै नदी छेउछाउका बासिन्दाहरुलाई सर्तक रहन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष बिनोदबहादुर कुँवरले स्थानीय संचार माध्यमलाई आज सोमबार बिहान एक सन्देश सम्प्रेषित गरि बबईमा पानीको सतह ४ मिटर पुगेको भन्दै नदी छेउका बासिन्दालाई सर्तकर्ता अपनाउन अनुरोध गरेको हो । बबईमा पानीको सतह ६ मीटर पुग्नुलाई खतरापुर्ण मानिन्छ ।
प्रमुख जिल्ला अधिकारी एंव जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष कुंवरले आकस्मिक स्थितिमा नजिकको प्रहरी इकाई वा संचार माध्यमहरुमा फोन गर्न आग्रह गर्नुभएको छ । प्रहरी वा संचारमाध्यमहरुमा चितm नबुझे आकस्मिक स्थितिमा प्रमुख जिल्ला अधिकारीको मोबाईल नम्बर ९८५८०३७७७७,प्रहरी उपरीक्षक को मोबाईल नम्बर ९८५८०३५५५५,नेपाल रेडक्रसको मोबाईल नम्बर ९८४८०३२७४९,९८५८०३२७४९ र आपतकालिन कार्य संचालन केन्द्र गुलरियाको मोबाईल नम्बर ९८५७८९०६९९ मा पनि फोन गर्न सर्वसाधरणहरुलाई अनुरोध गर्नुभएको छ ।
बर्दिया,२१असार । जिल्ला प्रशासन कार्यालय बर्दिया एवम जिल्ला दैवी प्रकोप उद्धार समितिले बबई नदीमा पानीको सतह बढि खतराको सतह नजिक रहेको भन्दै नदी छेउछाउका बासिन्दाहरुलाई सर्तक रहन अनुरोध गरेको छ ।
Comments
Post a Comment