पी सी एन
बर्दिया,८साउन। जनविरोधी संविधानको मस्यौदा ल्याईएको र भारत र चीन बीच गरिएको लिपुलेक संझौता नेपाली राष्ट्रियता बिपरीत भएको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको ने क पा माओवादीले आयोजना गरेको नेपाल बन्दले बर्दिया लगायत देशभरीको जनजीवन प्रभावित बनेको छ।
बन्दका कारण आज बिहानैबाट यातायातका साधन,शिक्षणसंस्था,बजार,कलकारखाना संचालनमा आएका छैनन्। प्रेस ,एम्बुलेन्स,कुटनैतिक नियोग र सुरक्षा निकायका सवारी साधन भने संचालनमा रहेका छन् ।
बन्दले बर्दिया पुर्णरुपमा प्रभावित बनेको छ । बन्दमा अप्रिय घटना हुन नदिन आवश्यक मात्रामा सुरक्षाफोज परिचालन गरिएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment