२७ औं विश्व जनसंख्या दिवसको अवसरमा डेउढाकलामा बृद्धबृद्धाहरुका लागि स्वास्थ्य जाँच शिविर तथा सम्मान कार्यक्रम सम्पन्न
क्षितीज ÷राबन
बांसगढी,२६असार । २७ औं विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला स्वास्थय कार्यालय बर्दियाले डेउढाकलामा बृद्धबृद्धाहरुका लागि स्वास्थ्य जाँच शिविर तथा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
स्वास्थ्य शिविरमा ३ सय भन्दा बढि बृद्धबृद्धाले स्वास्थ्य परीक्षण गराएका छन्। स्वास्थ्य परिक्षणको क्रममा ४७ जनालाई मोतियाबिन्दुको अप्रेशसन गर्नु पर्ने भेटिएका जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका तथ्यांक सहायक नविन मिश्रले जानकारी दिए ।
सोही अवसरमा साविक डेउढाकला गाविसका ५ जना बृद्धबृद्धाहरुलाई बिशेष सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा १ सय ४ बर्षका खगिया थारु, १ सय ७ बर्षका टिकाराम ढकाल, १ सय ७ बर्षिया लौटी थारु, ९७ बर्षिया चुनाकान्ती सिग्देल र ९३ कर्षिया दुर्गा रहनु भएकोे छ भने अन्य २ सय ७० जेष्ठ नागरिकलाई समान स्वरुप छाता बितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुबर, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बृषबहादुर शाही, जिल्ला पशुसेवा कार्यालयका प्रमुख कृष्णकान्त न्यौपाने, बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत गणेशबिक्रम शाही, जिल्ला अस्पताल बर्दियाका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट अर्जुन भट्ट ,जेष्ठ नागरिक सेवा समाजका जिल्ला अध्यक्ष बाबुराम पंगेनी लगायतले बृद्धबृद्धालाई सम्मान गर्नुभएको थियो ।
Comments
Post a Comment