विकेन्द्रित शासन ब्यवस्थाको सिद्धान्त र मर्म बमोजिम जिल्ला विकास समिति बर्दियाले नेपालको अन्तरिम संविधान २०६३ अनुरुप राज्यको निर्देशक सिद्धान्त तथा नीतिहरु, स्थानीय स्वायत्त शासन ऐन २०५५,स्थानीय स्वायत्त शासन नियमावली २०५६ तथा संघीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट जारी भएका कार्यविधि तथा निर्देशिकाले मार्ग निर्देशन गरे अनुरुप राजनैतिक सहमतिका आधारमा विकासका प्रक्रियालाई अघि बढाउने काम गदै आएको छ । जनता तथा जनताका जनप्रतिनिधिहरु,नागरिक समाज र मिडियासँग अति निकट सम्वन्ध कायम गरि विकासका प्रक्रियाहरुलाई अघि बढाउन तथा समयानुसार जनआकांक्षा तथा चाहना बमोजिमका नीति तर्जुमा गरी विकासमा सहभागिताको सिद्धान्तलाई आत्मसात गर्न पनि जिविस बर्दियाले ठुलो भूमिका निर्वाह गर्दे आईरहेको छ ।
बर्दिया
जिल्लाको दीर्घकालिन सोच
कृषि,पर्यटन ,शिक्षा र जैविक विविधता
स्वच्छ,सुन्दर,सुरक्षित र समृद्ध बर्दिया
बर्दिया
जिल्ला विकासको लक्ष्य
जिल्लाको आर्थिक विकास भई आर्थिक ,सामाजिक र शैक्षिक मानवीय क्षमताको विकासमा उल्लेख्य सुधार हुनेछ।
बर्दिया
जिल्ला विकासको उदेश्यय
जिल्लामा उपलब्ध श्रोतको प्रभावकारी उपयोग गरि विकासको प्रतिफलमा सबै वर्गको पंहुच गराई शिक्षा र स्वास्थ्य सेवाको सर्वसुलभताबाट जिल्लाको दीगो विकास गर्नु नै जि वि स को उदेश्यय हो ।
जिल्ला
विकास समिति बर्दियाको चालु आर्थिक वर्षका मुख्य उपलब्धीहरु
- बर्दिया जिल्लालाई तराईको पहिलो खुला दिशामुक्त जिल्ला घोषणा गरि सरसफाईको क्षेत्रमा अग्रता हासिल गरिएको ।
- १४ करोड बेरुजु मध्ये यसैबर्ष ७करोड जति बेरुजू पछर्योट कार्य सम्पन्न गरिएको ।
- जिल्लाको पांच बर्षे आवधिक योजना निर्माण कार्य सम्पन्न भएको । पांच बर्षे जिल्ला उद्यम विकास रणनैतिक योजना निर्माणको अन्तिम चरणमा रहेको ।
- नदीजन्य वस्तुको निकासीमा प्रतिबन्ध गरि ढुंगा,गिट्टी बालुवा ठेक्कामा दिई जिविसको आन्तरिक आयमा १करोड भन्दा बढिले बृद्धि गरिएको र निकासी करको ठेक्का रकममा पनि बृद्धि भई राजस्व समेत बृद्धि भएको।
- जिल्ला विकास समिति कार्यालय परिसरलाई पहिलो पटक प्लास्टिक झोला प्रयोग निषेध क्षेत्र घोषणा गरि प्लास्टिक झोला प्रयोग गरेमा रु २००। जरिवाना गर्ने ब्यवस्था गरिएको ।
- जिविस भवन अगाडिको पार्कलाई व्यवस्थित गरि सुन्दर फुलबारी बनाईएको।
- जिल्ला विकास समिति कार्यालय परिसरमा रहेको पुस्तकालय,सुचना केन्द्र र एन जी ओ डेस्कलाई व्यवस्थित एंव साधन सम्पन्न तुल्याई निःशुल्क वाइफाईको व्यवस्था समेत गरिएको छ।
- जि वि सको बेवसाईडलाई नियमति गरि जिल्लामा प्रथम डिजीटल सुचना पाटी संचालनमा ल्याइएको छ।
- कागजको झोला निर्माण कार्यलाई प्रोत्साहन दिन गुलरिया नगरपालिका क्षेत्रका बाढी प्रभावित क्षेत्रका महिलाहरुलाई एक हप्ते सीपमुलक तालिम संचालन गरिएको छ
- आयआर्जन ,लघु उद्यम विकास ,कृषि तथा पशुपालन कार्यक्रमलाई विशेष प्राथमिकता दिईएको छ ।
- पत्रकार कल्याण कोष स्थापना गर्न सहयोग प्रदान गरि बर्दियाको पत्रकारीता क्षेत्रमा समेत योगदान पुरयाईएको छ ।
- स्थानीय सडक पुल कार्यक्रम अन्र्तगत दौलतपुरको भदाली नाला र मनाउको मैला र कनवर्सा नालामा पुल निर्माण कार्य सम्पन्न भएको छ ।
- नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको ईकाई स्थापना भई ८ गाविसमा प्रभावकारी रुपले कार्यक्रम संचालन गरि जनताको जीवनस्तरमा सुधार ल्याईएको छ।
- बालमैत्री स्थानीय शासन लागू गर्न कालिका ,मैनापोखर,धधवार,मोहम्मदपुर,ढोढरी गाविसमा सर्वपक्षिय अभिमुखिकरण सम्पन्न गरिएको छ ।
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ईकाईलाई संस्थागत गर्दै सामाजिक परिचालनका माध्यमबाट वडा नागरिक मञ्च ,नागरिक सचेतना केन्द्रको कृयाशीलतालाई अझ सशतm पारिएको छ ।
- पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक जिल्लामा सर्वपक्षीय स्थानीय पर्यटन प्रर्वद्धन समिति गठन गरि पर्यटनलाई जिल्लाको प्रमुख आम्दानीको स्रोत बनाउन जिल्लामा संस्थागत पर्यटन विकासको शुभारम्भ गरिनुका साथै बर्दियामा पर्यटन विकासका लागि पर्यटन मन्त्रालय र पर्यटन बोर्डबाट पहिलोपट आवश्यक रकम बिनियोजन गराईएको छ ।
डिल्लीराम सिग्देल
स्थानीय
विकास अधिकारी
तथा
जिल्ला
विकास समितिको कार्यालय बर्दिया परिवार
(प्रेस क्लब अफ नेपाल पी सी एन र जिल्ला विकास समितिको कार्यालय
बर्दियाले जनहितमा जारि गरेको सन्देश)
Comments
Post a Comment