पी सी एन
बर्दिया,१७असार। जिल्ला विकास समिति बर्दियाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले समाजलाई जोडन र मेलमिलाप गराउन मेलमिलाप कर्ताहरुको भूमिका महत्वपुर्ण भएको बताउनु भएको छ ।
जिल्ला विकास समितिको आयोजनामा मैनापोखर गाविसका मेलमिलाप कर्ताहरुलाई आयोजित पुर्नताजग ितालिमलाई सम्बोधन गर्दै अधिकृत श्रेष्ठले समाजलाई जोडने काम गरिरहेका मेलमिलाप कर्ताहरुको संस्थागत विकास र दक्षता बढाउन जिविस र गाविसले हालको सहयोगलाई निरन्तरता दिईने बताउनु भयो ।
मेलमिलाप पवित्र काम हो त्यसैले यसको निरन्तरताका लागि गांउ परिषदबाट पनि बजेट तथा कार्यक्रम छुटयाउनु पर्छ र जि वि स ले पनि यसबारे आवश्यक नीति बनाई अघि बढनु पर्छ ः उंहाको भनाई थियो ।
तीन दिने सो तालिममा मैनापेखर गाविसका २७जना मेलमिलाप कर्ताहरुको सहभागिता रहेको छ ।
Comments
Post a Comment