पी सी एन
बर्दिया,५साउन । नेपालको संविधान २०७२को मस्यौदामाथिको बिषयलाई लिएर आयोजित सभासदसंगको प्रत्यक्ष भेटघाट कार्यक्रममा बर्दियाका जनताहरुले कैलाली,कंचनपुर,बर्दिया ,बांके र दांगलाई मिलाएर थरुहट प्रदेश बनाउन,थरुहट प्रदेशको राजधानी बांकेमा बनाउन ,धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता वा हिन्दु राष्ट्र कायम गर्न,प्रदेश संरचनामा स्थानीय निकायको अधिकार कटौती नगर्न,संविधानमा मृत्यु दण्डको प्रावधान राख्न,प्रदेशको सीमाकंन,नामाकंन जातियता पहिचानका आधारमा गर्न र हिमाल पहाड तराईलाई जोडर उतरदक्षिण ६ प्रदेश मात्र बनाउन,प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको क्षेत्राधिकार स्पष्ट रुपमा मस्यौदा संविधानमा उल्लेख गर्न र गांउदेखि केन्द्रसम्म महिलाहरुलाई जनसंख्याकै राज्य संरचनामा पंहुच र नियन्त्रणको व्यवस्था संधिानमा उल्लेख हुनुपर्ने सुझाव दिएका छन्।
Comments
Post a Comment