विकासको प्रतिफलमा सबै वर्गको पंहुच गराउन बर्दिया जि वि सद्वारा यस बर्ष बिभिन्न नंया योजनाहरु सम्पन्न


पी सी एन
बर्दिया,२२असार   जिल्ला विकास समिति बर्दियाले जिल्लाको दिगो विकासको लागि जिल्लामा उपलब्ध श्रोतको प्रभावकारी उपयोग गरि विकासको प्रतिफलमा सबै वर्गको पंहुच गराउने किसिमले योजनाहरुको निर्माण कार्य सम्पन्न गरेको जनाएको
 प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले शिक्षा   स्वास्थ्य सेवाको सर्व सुलभताबाट जिल्लाको दीगो विकास गने उदेश्ययले जि वि ले  कार्य गरिरहेको प्रष्ट पार्दै कृषि,पर्यटन ,शिक्षा जैविक विविधता स्वच्छ,सुन्दर,सुरक्षित समृद्ध बर्दिया भन्ने जिल्ला विकास समितिको दीर्घकालिन सोचलाई स्थानीय निकाय,सरकारी गैर सरकारी संघ संस्था ,मिडिया,राजनैतिक दल सबैले साकार पार्नुपर्ने बताउनु भयो
जिल्ला समग्र विकासका लागि आर्थिक विकास जरुरी रहेको बताउदै उंहाले आर्थिक ,सामाजिक शैक्षिक मानवीय क्षमताको विकासमा उल्लेख्य सुधार गर्ने जि वि को लक्ष्यमा सबैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो
विकेन्द्रित शासन ब्यवस्थाको सिद्धान्त मर्म बमोजिम जिल्ला विकास समिति बर्दियाले चालु आर्थिक बर्ष ०७१ ७२मा निकै उल्लेखनीय उपलब्धीहरु हासिल गरेकोे जि वि सले जनाएको
जिल्ला विकास समिति बर्दियाको चालु आर्थिक वर्षका मुख्य उपलब्धीहरु बर्दिया जिल्लालाई तराईको तराईको पहिलो खुला दिशामुक्त जिल्ला घोषणा गर्नु,१४ करोड बेरुजु मध्ये करोड जति बेरुजू पछर्योट गर्नु, जिल्लाको पांच बर्षे आवधिक विकास योजना बनाउनु हाम्रा लागि निकै ठूलो उपलब्धी होः जि वि ले नदीजन्य वस्तुको निकासीमा प्रतिबन्ध गरि ढुंगा,गिट्टी बालुवा ठेक्कामा आन्तरिक आयमा १करोड भन्दा बढिले बृद्धि  समेत गरेको
साक्षात्कारमा स्थानीय विकास अधिकारी सिग्देलले जिल्ला विकास समिति कार्यालय परिसरलाई पहिलो पटक प्लास्टिक झोला प्रयोग निषेध क्षेत्र घोषणा गर्नु, जिविस भवन अगाडिको पार्कलाई व्यवस्थित गरि सुन्दर फुलबारी बनाउनु , जिल्ला विकास समिति कार्यालय परिसरमा रहेको पुस्तकालय,सुचना केन्द्र एन जी डेस्कलाई व्यवस्थित एंव साधन सम्पन्न तुल्याई निःशुल्क वाइफाईको व्यवस्था समेत गरिनु, जिल्लामै पहिलो पटक डिजीटल सुचना पाटी संचालनमा ल्याउनु, पत्रकार कल्याण कोष स्थापना गर्न सहयोग प्रदान गर्नुलाई आफुहरुले यस बर्षको मुख्य उपलब्धी मानेको धारणा राख्नु भयो
बर्दिया जि वि ले स्थानीय सडक पुल कार्यक्रम अन्र्तगत दौलतपुरको भदाली नाला मनाउको मैला कनवर्सा नालामा पुल निर्माण कार्य सम्पन्न गरेको भने नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको ईकाई स्थापना गरि  गाविसमा प्रभावकारी रुपले कार्यक्रम संचालन गरेको यस्तै बालमैत्री स्थानीय शासन लागू गर्न कालिका ,मैनापोखर,धधवार,मोहम्मदपुर,ढोढरी गाविसमा सर्वपक्षिय अभिमुखिकरण सम्पन्न गरिनु स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ीन्ऋम्ए ईकाईलाई संस्थागत गर्दै सामाजिक परिचालनका माध्यमबाट वडा नागरिक मञ्च ,नागरिक सचेतना केन्द्रको कृयाशीलतालाई सशतm पारिनु बर्दिया जि वि सका यसबर्षको प्रमुख उपलबधी भएको प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले बताउनु भयो अध्यक्ष घिमिरेका अनुसार पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक जिल्लामा सर्वपक्षीय स्थानीय पर्यटन प्रर्वद्धन समिति गठन गरि पर्यटनलाई जिल्लाको प्रमुख आम्दानीको स्रोत बनाउन जिल्लामा संस्थागत पर्यटन विकासको शुभारम्भ गरिनु बर्दियामा पर्यटन विकासका लागि पर्यटन मन्त्रालय पर्यटन बोर्डबाट पहिलोपट आवश्यक रकम बिनियोजन गराईनु पनि बर्दिया जि वि सको यस बर्षका उपलब्धी हुन

 नेपालको अन्तरिम संविधान २०६३ अनुरुप राज्यको निर्देशक सिद्धान्त तथा नीतिहरु, स्थानीय स्वायत्त शासन ऐन २०५५,स्थानीय स्वायत्त शासन नियमावली २०५६ तथा संघीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट जारी भएका कार्यविधि तथा निर्देशिकाले मार्ग निर्देशन गरे अनुरुप राजनैतिक सहमतिका आधारमा विकासका प्रक्रियालाई अघि बढाउने काम जनता तथा जनताका जनप्रतिनिधिहरु,नागरिक समाज मिडियासँग अति निकट सम्वन्ध कायम गरि विकासका प्रक्रियाहरुलाई अघि बढाउन तथा समयानुसार जनआकांक्षा तथा चाहना बमोजिमका नीति तर्जुमा गरी विकासमा सहभागिताको सिद्धान्तलाई आत्मसात गर्न बर्दिया  जि वि सले  निर्वाह गरेको भूमिकाको पनि सबैले प्रशंसा गरेका छन्

Comments