शान्ति प्रर्वद्धनमा उत्कृष्ट काम गरेको भन्दै बर्दियामा ६ जना संयोजक र गाविस सचिवहरु सम्मानित

पी सी एन
बर्दिया,२३असार शान्ति प्रर्वद्धनमा उत्कृष्ट काम गरेकोमा बर्दियाका २० गाविस मध्ये गाविसका शान्ति समितिका संयोजक गाविस सचिवहरुलाई बुधवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ।
शान्ति प्रर्वद्धनमा उत्कृष्ट कार्य गरे बापत सम्मानित हुनेहरुमा महममदपुर गाविसका स्थानीय शान्ति समितिका संयोजक मन्साराम यादव गाविस सचिव नारायण प्रसाद पराजुली,कालिका गाविसका संयोजक एंव गाविस सचिव प्रेमबहादुर के सी,पदनाह गाविसका संयोजक कृष्णप्रसाद पोखरेल गाविस सचिव उसमान शाही,धधवार गाविसका संयोजक हरिप्रसाद गिरी सचिव काशीराज गौतम,मनाउ गाविसका संयोजक बिन्तीराम थारु सचिव चक्रपाणी आचार्य ,सुर्यपटुवा गाविसका संयोजक भोजबहादुर बि सि गाविस सचिव नमराज पोखरेल हुनुहुन्छ।


स्थानीय शान्ति समितिले गुलरियामा आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुंवर स्थानीय शान्ति समिति बर्दियाका संयोजक धनेशकुमार यादवले कदर पत्र प्रदान गरि दोसल्ला ओढाई एंव अबिर लगाई उंहाहरुलाई सम्मान गर्नुभएको हो
स्थानीय स्तरमा विद्यमान द्वन्द्वका प्रभावहरुलाई निर्मुल गर्दै शान्ति तथा पुर्न िनर्माणका प्रकृयालाई आपसी सद्भाव एकताका आधारमा व्यवस्थित रुपमा समाधान गरि उत्कृष्ट कार्य गर्ने संयोजक गाविस सचिवहरुलाई प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवर,स्थानीय शान्ति समितिका संयोजक धनेशकुमार यादव,पुर्व संयोजकहरु शालिकराम अधिकारी भुवनकुमार चौधरी,नेपाल पत्रकार महासंघका अध्यक्ष मिनराज शर्मा लगायतले प्रशंसा ब्यतm गर्नुभएको

बर्दिया जिल्लाका बासिन्दा विगतमा भएको द्वन्द्वका कारण अत्यन्तै प्रभावित बनेका थिए।  विगतमा भएको द्वन्द्वका कारण बर्दियामा ४सय ६८जना प्रभावित भएका थिए प्रभावित मध्ये २सय १०जना बेपतm भएका थिए भने  २सय ५८जना मारिएको सरकारी तथ्यांकमा उल्लेख

Comments