बर्दिया,१३साउन । समाचार संकलनको क्रममा तस्वीर खिच्न लाग्दा इमेज एफ एममा सम्वद्ध पत्रकार सन्दिप योगीमाथि नेपाल प्रहरीले हातपात गरेकोमा नेपाल पत्रकार महासंघले कडा शब्दमा भत्र्सना गरेको छ ।
महासंघले प्रेसविरोधी यस्ता घटनाको तत्काल छानविन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न र पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति गम्भीर हुन सरकार र सम्वद्ध निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ।
सचिव ध्रुव लम्सालले जारि गर्नुभएको विज्ञप्तीमा सञ्चारमाध्यमको निर्वाध आवागमनमा अवरोध
पु¥याउने यस्ता घटनाले पत्रकारको पेशागत तथा भौतिक सुरक्षा थप चुनौतीपूर्ण हुने बताईएको छ ।
पत्रकार योगीले बुधबार महासंघमा जानकारी गराए अनुसार साउन ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा भएको सवारी जामको तस्वीर खिच्दै गर्दा अख्तियार प्रमुखका सुरक्षाकर्मीले पत्रकार योगीमाथि हातपात गर्नुका साथै डीएसएलआर ६० डी क्यामेराको लेन्स
समेत तोडफोड गरेका थिए ।
कुनै पनि वहानामा पत्रकार र सञ्चार माध्यम माथि आक्रमण हुनु आफैंमा निन्दनीय र खेदजनक कार्य हो महासंघको विज्ञप्तीमा भनिएको छ ।
Comments
Post a Comment